आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

मर्यादाक्रम अनुसार फरक रहेको कर्मचारीको तलब साउन १ गतेदेखि नै समायोजन गर्न सर्वोच्चको आदेश


  • आक्रमण न्युज
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित २ साल अघि
  • ५३० पाठक संख्या
  • काठमाण्डौ असार २६, –

    सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार फरक रहेको तलबमान आउँदो आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ । अदालतको आदेशअनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागू हुनेछ । समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम शुरु तलब रहेका कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले गएको असार १० सरकारका नाममा परमादेश जारी गरेको थियो ।

    सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्ने सम्बन्धी फैसलाको पूर्णपाठ हिजो सार्वजनिक गरेको हो । महान्यायाधिवक्ता कार्यालयका कर्मचारीहरू भरतप्रसाद मैनाली, गोविन्द खनालसहित ३३ जनाले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले तलबमानमा विभेद नगर्न भनेको हो ।

    २०७६ वैशाख १६ गते सरकारले कर्मचारीहरूको मर्यादाक्रम निर्धारण गरेको थियो । तर मर्यादाक्रमअनुसार आफूहरूले पाउनु पर्ने तलब नपाएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्च अदालतले विवादको पूर्णपाठ समेत सार्वजनिक गरेकाले अब सरकारले मर्यादाक्रमलाई आधार मानेर तलबमान निर्धारण गर्नुपर्ने हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट