आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

कोरिया गएर फर्किएका कामदारका लागि पुनः कामको अवसर


  • आक्रमण न्युज
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित २ साल अघि
  • ५२७ पाठक संख्या
  • काठमाण्डौ असार २६ – वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका कामदारका लागि पुनः कामको अवसर आएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाबाट काम गरी वैधानिक रुपमा फर्केका कामदारलाई पुनः पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनोट गर्न विशेष कोरियन भाषा परीक्षा हुनेछ ।

    वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना निकालेर कोरिया गएर फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन आह्वान गरेको हो । ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    त्यस्ता कामदारले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउनेछन् । आउँदो साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सूचना उल्लेख छ । परीक्षाको नतिजा असोज २१ गते प्रकाशन हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट