आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सम्पन्न


Thumbnail
  • आक्रमण न्युज
  • २०८१ अषाढ २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • २९० पाठक संख्या
  • काठमाडौं असार २७, –

    नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बुधबार सम्पन्न भएको छ । बैठकमा एमाले र नेपाली कांग्रेस बिच भएका सहमतिका बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराएका थिए ।

    उनले दुई दल बिच देशलाई स्थिरता दिने विषयमा सहमति भएको जानकारी बैठकमा गराएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    बैठकमा यस बाहेक पार्टीका नेताहरूको जिम्मेवारी हेरफेरको मापदण्डका विषयमा पनि बैठकमा छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्यलाई यस अघि दिइएको अन्तर जिल्ला जिम्मेवारी फिर्ता गर्ने बैठकले निर्णय गरेको छ ।

    ‘एक वर्षअघि पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका थियौँ, अब आफ्नै भूगोलमा फर्काइनेछ’, बैठक पछि उपमहासचिव ज्ञवालीले भने ।

    बैठकले केन्द्रीय सदस्यको कार्यक्षेत्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने मापदण्ड तयार गरिएको छ । यसअघि पालिका इन्चार्ज बनेका केन्द्रीय सदस्यको कार्यक्षेत्र निर्वाचन क्षेत्र हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट