आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

चितवनको पहिरोमा बेपत्ता बस र यात्रुको खोजी तिव्र


  • आक्रमण न्युज
  • २०८१ अषाढ २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ३३७ पाठक संख्या
  • काठमाण्डौ असार २८, –

    नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुई वटा बस र त्यसमा रहेका यात्रुको खोजी भइरहेको छ । पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ ।

     

    घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

     

    गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका प्रहरीको प्रारम्भिक अनुमान छ । तर यकिन विवरण थाहा भैनसकेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले उज्यालोलाई जानकारी दिनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑