आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

काठमाण्डौ महानगरको आग्रहः नदी किनारा र पानी जमेको सडकमा नजाऔँ


  • आक्रमण न्युज
  • २०८१ अषाढ २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५०३ पाठक संख्या
  • काठमाण्डौ असार २८ –

    लगातारको वर्षाका कारण काठमाण्डौका नदीहरुमा पानीको प्रवाह उच्च भएकोले सतर्कता अपनाउन काठमाण्डौ महानगरले आग्रह गरेको छ । केही ठाउँमा ठूलो पानी परिरहेकाले बस्ती डुबान, जमिन कटान, जनधनको क्षतिको जोखिम बढेको भन्दै मेयर बालेन्द्र शाहले जोखिम क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गर्नुभएको हो ।

    उहाँले नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजान, पानी जम्मा भएको सडकमा आफू पनि नजान र गाडी पनि नलैजान अनुरोध गर्नुभएको छ । यस्तै उहाँले कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा गाडी पार्किङ नगर्न र अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगर्न सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह गर्नुभएको छ ।

    मेयर शाहले मनसुनजन्य विपत् आइपरेमा र जोखिम बढेमा तत्काल जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, काठमाण्डौ महानगरपालिका र महानगर प्रहरी बललाई खबर गर्न पनि सुझाव दिनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑