आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

जिल्ला प्रहरी कार्यालय चितवनको कम्पाउण्ड भित्रबाट चोरी


  • आक्रमण न्युज
  • २०८१ मंसिर १२, बुधबार मा प्रकाशित १ साल अघि
  • ४२९ पाठक संख्या
  • मंसिर १२, २०८१
    चितवन । जिल्ला प्रहरी कार्यालयको चितवनको कम्पाण्ड भित्रबाट रहस्यमय चोरी भएको छ ।
    गत राती रातको १२:३० बजेको समयमा भरतपुर अस्पताल अगाडी रहेको दिपेन फार्मेसी लगायतका पसलमा चोरी भएको हो ।
    विहान पसल खोल्ने क्रममा उक्त घट्ना थाहा भएको र तुरुन्तै प्रहरीलाई जानकारी गराएको दिपेन फोर्मेसीका प्रोपाइटरद्धय दिपेन्द्र जमरकटेल र नन्दु महतोले आक्रमण अनलाईनलाइृ बताएका हुन ।
    जिल्ला प्रहरी कार्यालय चितवनको आफ्नै भवन र कम्पाण्ड भित्र रहेको उक्त फामेसी र जोडिएर रहेको प्रोभिजनल स्टोरमा मेडिकलको पछाडीको भागबाट भित्र छिरी दिनभरी बिक्री भएको नगद र एक थान मोबाइल चोरले चोरेको सिसिटिभी पुटेजमा प्रष्ट देख्न सकिन्छ ।
    अस्पतालको अगाडी भागमा रहेको व्यस्त बाटोको बाबजुत तथा छेवैमा रहेको जिल्ला ट्राफिक कार्यालय र सगैं रहेको जिल्ला प्रहरी कार्यालयलाई वेवास्ता गर्दै च्यालेन्ज स्वरुप प्रहरी कै कम्पाण्डबाट उक्त चोरी भएको देखिन्छ ।
    प्रहरी कार्यालयको कप्पाण्डमा त असुरक्षित भइन्छ भने अन्त एकान्तमो व्यवसाय गर्नेहरुको के हविगत होला तपाई हामीले सोच्ने बेला आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट