आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

भरतपुर महानगरको ७ नम्बर वडा कार्यालय भवनको शिलान्यास


  • आक्रमण न्युज
  • २०८१ पौष २, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • ९२१ पाठक संख्या
  • पौष २, २०८१
    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर को वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।‌ मंगलबार महानगरपालिकाको वडा नम्बर ७ स्थित नगर विकास प्लटिङमा निर्माण हुन लागेको तीनतले कार्यालय भवनको महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।
    भवनको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिनुभयो ।
    प्रमुख दाहालले भरतपुर वडा नम्बर ७ विकासको दृष्टिकोणले अन्य वडाको तुलनामा धेरै अगाडि बढी सकेको उल्लेख गर्नुभयो । वडा नम्बर ७ मा हुलाकी राजमार्गदेखि महानगर र प्रदेशबाट निर्माण भएका फराकिला सडकहरु प्राप्त रुपमा रहेको बताउनुभयो । दाहालले अब भरतपुरमा दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताउनुभयो । वडा कार्यालय नहुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ भवन निर्माण गरिएको जानकारी दिनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले भरतपुर महानगरपालिकाले ब्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको बताउनुभयो ।
    कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले विगत ८ वर्ष अघिको भरतपुरको स्वरुप र अहिलेको भरतपुरको पूर्वाधार विकास देशकै अग्रणी पालिकाको रुपमा अघि बढेको उल्लेख गर्नुभयो । उहाँले वडा कार्यालय निर्माणमा सम्पूर्ण वडावासीलाई निगरानी गर्न आग्रह पनि गर्नुभयो ।
    भवनको उत्तरगया बिस कौनानी जेभिले निर्माणको जिम्मा पाएको छ । सम्झौता अनुसार आगामी भदौ १ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । कार्यालय भवनमा ११ वटा कोठा हुनेछ भने १०० जना क्षमताको हल निर्माण हुने जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट