
पौष ४, २०८१ / टिकादत्त तिमिल्सिना



रामेछाप । प्रदेश सूचना पुनरावेदन समितिको आयोजनामा आज भव्य कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा महत्वपूर्ण छलफल तथा कार्ययोजना प्रस्तुत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले प्रदेश सरकारको पारदर्शिता र सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिनु भयो। उहाँले सूचना प्रविधिको आधुनिक प्रयोगमार्फत नागरिकहरूलाई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि आन्तरीक मामिला तथा कानून मन्त्रालयका उपसचिव मनुका घिमिरेले सूचना प्रवाहलाई सरल र दिगो बनाउने पहलको प्रशंसा गर्दै आवश्यक नीतिगत सुधारको विषयमा आफ्नो धारणा राख्नुभयो।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जिल्लाको समग्र प्रशासनिक सुधार र सूचना व्यवस्थापनको प्रभावकारीतालाई अझ सुदृढ बनाउने आशय व्यक्त गर्नुभयो।
जिल्ला समन्वय समितिका उपसभापति प्रेम सागर थापाले स्थानीय तह र नागरिकहरूको सहभागिता बढाउँदै सूचना प्रवाहलाई स्थानीय स्तरमै बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अन्य अतिथिहरूले पनि आ–आफ्ना धारणा राख्दै सूचना र प्रविधिको विकासमा सरकारले गर्नुपर्ने कदमबारे आफ्ना विचार प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रमको व्यवथापन मन्त्रालय को तर्फवाट धर्मराज गुप्ता ले गर्नु भएको थियो भने कार्यक्रम संचालन भने अस्मिता ज्ञवालीले गर्नुभएको थियो । कार्यकम रामेछाप समन्वय समितिको सभा हलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम वाट रामेछाप जिल्लामा सूचनाको पहुँचलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस