
माघ ०५, २०८१ / प्रभातराज पाण्डे
काठमाडौं । सुरेन्द्र ढकाल प्रतिष्ठानको अर्धवार्षिक प्रगति समीक्षा बैठक स्थानिय बानेश्वरस्थित मेट्रो रेस्टुरामा शनिबार एक भव्य समारोहका बीच सम्पन्न भयो। प्रतिष्ठानका मानार्थ सदस्य, कार्यकारी परिषद्, कार्य सम्पादन सदस्य तथा विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न यस बैठकको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले गर्नुभएको थियो।
बैठकको आरम्भ अध्यक्ष ढकालले हालसम्म प्रतिष्ठानले सञ्चालन गरेका कार्यक्रमहरूबारे प्रस्ट पार्दै प्रतिष्ठानको उद्देश्य र आगामी योजनाबारे सहभागीहरूलाई जानकारी गराउनु भयो। कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरूले प्रतिष्ठानको आगामी कार्ययोजना प्रभावकारी बनाउन सुझावहरू प्रदान गर्दै महत्वपूर्ण सल्लाह दिनुभएको थियो।
बैठकमा प्रतिष्ठानका शुभेच्छुकहरूले अध्यक्ष सुरेन्द्र ढकालको बहुआयामिक प्रतिभाको चर्चा गर्दै उहाँको कुशल नेतृत्वमा प्रतिष्ठानले अझ धेरै उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा प्रतिष्ठानले विगतमा सञ्चालन गरेका सामाजिक, शैक्षिक तथा अन्य कार्यक्रमहरूको प्रशंसा गर्दै सहभागीहरूले संस्थाको दीर्घकालीन सफलताको कामना गरे।
बैठकका क्रममा सहभागीहरूलाई बिहान चिया-कफी र कार्यक्रमपश्चात दिवा भोजनको व्यवस्था प्रतिष्ठानले गरेको थियो। यो बैठकले प्रतिष्ठानको भावी योजना निर्माण तथा त्यसको कार्यान्वयनमा थप ऊर्जा प्रदान गरेको विश्वास गरिएको छ।
सुरेन्द्र ढकाल प्रतिष्ठानलाई सफलता र उज्ज्वल भविष्यको शुभकामना!

प्रतिक्रिया दिनुहोस