आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

‘अध्यादेशबाट देश चलाउन खोज्नु गलत’


  • आक्रमण न्युज
  • २०८१ माघ २८, सोमबार मा प्रकाशित १ साल अघि
  • २२४ पाठक संख्या
  • माघ २८, २०८१
    भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताउनुभएको छ ।
    आज भक्तपुरमा जिपि कोइराला फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताउनुभएको हो ।
    संसद्लाई छलेर जान खोज्यो भने त्यो निरङ्कश हुने बताउँदै उहाँले दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नभएकाले संंसद्बाटै ऐन, कानुन बनाउनुपर्नेमा जोड दिनुभयो ।
    उहाँले भन्नुभयो, “अध्यादेशबाट देश चलाउने संस्कार हाम्रो होइन । प्रजातन्त्रमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।”
    सोही कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता, विभिन्न जिल्लाका सभापतिलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट