आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस :राजसंस्थाको पुनर्स्थापनाका लागि अभियानहरू सक्रिय


  • आक्रमण न्युज
  • २०८१ फागुन ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ५०८ पाठक संख्या
  • काठमाडौं । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट जारी शुभकामना सन्देशलाई विभिन्न राजनीतिक, सामाजिक, धार्मिक तथा पेशागत संघसंस्थाहरूले हार्दिक स्वागत गरेका छन् ।


    शुभकामना सन्देशमा देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वतन्त्रता तथा स्वाभिमानको रक्षा गर्न राजसंस्थाको अपरिहार्यताको कुरा उल्लेख गरिएको छ। यसै क्रममा, राष्ट्रिय सरोकार मञ्च नेपाल, नेपाल बचाउ अभियान, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ, मातृभूमि संरक्षण मञ्च लगायतका संगठनहरूले राजसंस्थाको पुनर्स्थापनाका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।
    यी लगायत अन्य थुप्रै संघसंस्थाले मुलुकको स्वामित्व, शान्ति, सुशासन, तथा स्थायित्वका लागि राजसंस्था पुनःस्थापनाको आवश्यकता औंल्याउँदै आमनागरिक, राजनीतिक दल, सञ्चारकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।


    हालैका वर्षहरूमा मुलुकमा बढ्दो अस्थिरता, भ्रष्टाचार, तथा शासन व्यवस्थाप्रति असन्तुष्टिका कारण राजसंस्थाको पुनर्स्थापनासम्बन्धी बहस तीव्र बन्दै गएको छ। विभिन्न राष्ट्रवादी समूहहरूले देशलाई सही मार्गमा डो¥याउन राजसंस्था नै उत्तम विकल्प भएको दाबी गर्दै आएका छन् ।
    विश्लेषकहरूका अनुसार, प्रजातन्त्र दिवसको अवसरमा विभिन्न समूह तथा अभियन्ताहरूको सक्रियता र एकताको सन्देशले आगामी दिनमा राजसंस्था सम्बन्धी बहसलाई थप बल दिने संकेत गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑