आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

विश्व रोटरी दिवसमा दीप प्रज्वलन र अन्तरक्रिया सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ फागुन ११, आईतबार मा प्रकाशित १ साल अघि
  • ६१० पाठक संख्या
  • काठमाडौं । विश्व रोटरी दिवसको अवसरमा रोटरी क्लब अफ डिल्लिबजार, काठमाडौंले १२० दीप प्रज्वलन तथा ‘विश्व शान्ति र समझदारी’ विषयक छोटो अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो।

    कार्यक्रमका प्रमुख वक्ता पूर्व राजदूत तथा भूतपूर्व प्रेसिडेन्ट मोहनकृष्ण श्रेष्ठ र सम्झना पोखरेल थिए। सो अवसरमा क्लबका वर्तमान प्रेसिडेन्ट सागरनिधि तिवारीले सभापतित्व ग्रहण गर्नुभएको थियो।

    दीप प्रज्वलन कार्यक्रममा वर्तमान तथा भूतपूर्व रोटरियनहरूका साथै आम जनसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सम्पन्न भएपछि क्लबले चियापानको आयोजना गरी सहभागितालाई आत्मीय सम्मान प्रकट गर्यो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट