
काठमाडौं । रोटरी क्लब अफ डिल्लिबजार, काठमाडौंले यस पत्रिकाका स्तम्भ संयोजक तथा वरिष्ठ पत्रकार प्रभातराज पाण्डेलाई रोटरियन मनोनयन गरी विशेष सम्मान गरेको छ। क्लबको यही फागुन ३ गते शनिबार बसेको बोर्ड बैठकले पाण्डेलाई रोटरियन मनोनयन गर्ने निर्णय गरेको थियो।
मनोनयनपश्चात फागुन २१ गते बुधवार क्लबको औपचारिक कार्यक्रममा असिस्टेण्ट गभर्नर भवानी देवकोटाले पाण्डेलाई रोटरीको प्रतीक पिन लगाई क्लबमा स्वागत गर्नुभयो। सोही अवसरमा रोटरियन सुरेन्द्र ढकालले रोटरीका चार सिद्धान्त अंकित प्रतिकात्मक फोटो प्रदान गर्नुभएको थियो।

कार्यक्रमको सभापतित्व क्लबका वर्तमान प्रेसिडेण्ट सागरनिधि तिवारीले गर्नुभएको थियो। असिस्टेण्ट गभर्नर देवकोटाले पाण्डेलाई रोटरियनको सपथग्रहण समेत गराउनु भएको थियो।
सो समारोहमा क्लबका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा पाण्डेले रोटरी अभियानमा आफ्नो प्रवेश समाजसेवा र मानवीय सेवाका उद्देश्यहरूसँग प्रेरित भएर गरेको बताउँदै छोटो र भावुक मन्तव्य दिनुभएको थियो।
कार्यक्रमले क्लबमा नयाँ रोटरियनको रूपमा पाण्डेको आगमनलाई भव्य स्वागत गरेको थियो।

प्रतिक्रिया दिनुहोस