Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

राजावादीले जलाए नेकपा एसको कार्यालय


  • आक्रमण न्युज
  • २०८१ चैत्र १५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३५१ पाठक संख्या
  • काठमाडौं  । राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।

    सोही क्रममा राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय, भाटभटेनी तथा नागरिक उडडयन प्राधिकरणको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । शुक्रबार अपराह्न राजावादीहरूले आलोकनगरमा रहेको नेकपा एसको केन्द्रीय कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । तर, अहिले दमकलको सहायतमा आगजनी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    राजावादीहरूको आराजक समूह पार्टी कार्यालयभित्र प्रवेश गरेर सुरुमा तोडफोड गरेको थियो भने अर्को समुहले भाटभटेनी डिपार्टमेन्टल स्टोर, बालकुमारीतर्फ पनि तोडफोड गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑