आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

नेकपा (एस) चितवनद्वारा प्रजिअ समक्ष १६ बुँदे मागपत्र पेश


  • आक्रमण न्युज
  • २०८२ बैशाख १९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४३९ पाठक संख्या
  • सुशासन, रोजगारी, कृषक अधिकार र सेवा प्रवाह सुधारका माग

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी चितवनले ‘सुशासन र रोजगारी : समाजवादको तयारी’ भन्ने नारासहित जिल्लास्तरीय आन्दोलनको पहिलो चरण अन्तर्गत चितवन जिल्ला का प्रमुख जिल्ला अधिकारीसमक्ष मागपत्र बुझाएको छ।

    पार्टीका जिल्ला अध्यक्ष नरेन्द्रकुमार कन्दङ्वाले प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई बुझाएको १६ बुँदे मागपत्रमा प्रशासनिक, न्यायिक र राजनीतिक क्षेत्रमा मौलाउँदै गएको भ्रष्टाचार तत्काल अन्त्य गर्न आग्रह गरिएको छ।

    मुख्य मागहरू यस्ता छन्:

    • संविधानले प्रत्याभूत गरेका महिला, दलित, अपाङ्गता भएका, अल्पसंख्यक तथा बालबालिकाको हक प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
    • कृषकलाई पेन्सन सुविधा, दूध तथा कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण, पकेट क्षेत्र घोषणा तथा वर्षभर सिँचाइको व्यवस्था।
    • स्थानीय पालिकाद्वारा कृषकको उत्पादनको मूल्य तोकी खरिद गर्ने नीति निर्माण।
    • सर्वसुलभ बीउबिजन, मल, विद्युत उपलब्ध गराउने र वैज्ञानिक कृषि प्रणाली लागू गर्ने।
    • रोजगारी प्रवर्द्धनका लागि वैकल्पिक पर्यटकीय मार्ग निर्माण र पर्यटकका लागि आवाजविहीन सवारी प्रयोग गर्ने।
    • सरकारी कार्यालयमा बिचौलियाको अन्त्य, नागरिक वडापत्रको पूर्ण कार्यान्वयन, र सबै अस्पतालमा स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका मागहरु उल्लेख गरिएको थियो

    पोलिटव्युरो सदस्य, जिल्ला इन्चार्ज तथा विभिन्न तह र तप्कामा रहेका उल्लेख्य मात्रामा कार्यकर्ताहरुको उपस्थिती संगै नारा जुलुस सहित  जिल्ला प्रशासन कार्यालय हातोभत्र प्रवेश गरी मागपत्र बुझाएको हो । तत्कालै मागहरु पुरा नगरिएमा नेकपा (एस) ले थप चरणको आन्दोलन गर्ने चेतावनी पनि दिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट