Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

नेकपा (एकीकृत समाजवादी) कोहलपुर नगर कमिटीद्वारा २३ बुँदे ज्ञापन पत्र हस्तान्तरण


  • आक्रमण न्युज
  • २०८२ बैशाख २२, सोमबार मा प्रकाशित १ साल अघि
  • ६९० पाठक संख्या
  • नेकपा (एकीकृत समाजवादी) पोलिटब्युरो सदस्य तथा बाँके जिल्ला ईन्चार्ज अब्दुल हुँसैन खानको नेतृत्वमा कोहलपुर नगर कमिटीले २३ बुँदे ज्ञापनपत्र कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुबेदीलाई हस्तान्तरण गरेको छ।

    नगरपालिकाको कार्यकक्षमा उपमेयर सुबेदीलाई भेट गरी जिल्ला उपाध्यक्ष एवं नगर अध्यक्ष शिव प्रसाद डाँगीसहितको प्रतिनिधिमण्डलले नगरको समग्र विकासका लागि तयार गरिएको ज्ञापनपत्र औपचारिक रूपमा बुझाएको हो। ज्ञापनपत्र नगर सचिव तेज प्रसाद अधिकारीले वाचन गरेर उपमेयरलाई हस्तान्तरण गरेका थिए।

    प्रतिनिधिमण्डलमा नगर उपाध्यक्ष गिरधारीलाल शर्मा, नगर तथा जिल्ला सचिव तेज प्रसाद अधिकारी, हिमलाल घिमिरे, पोलिटब्युरो सदस्य अब्दुल हुँसैन खान, केन्द्रीय सदस्य नारायणी ओली, समाजवादी प्रेस संगठन नेपाल बाँके अध्यक्ष लोकनाथ शर्मा, सचिव जनता रैका, अनेरास्ववियु वागेश्वरी क्याम्पस अध्यक्ष सुरेश चुनारा लगायतको उपस्थिति रहेको थियो।

    ज्ञापनपत्रमा कोहलपुर हाईस्कुल चोक, साझा चोक, न्युरोडमा आकाशेपुल निर्माण, भौतिक पूर्वाधारको स्तरोन्नति, गुणस्तरीय शिक्षा, accessible स्वास्थ्य सेवा, कृषि विकास, वैदेशिक पलायन न्यूनीकरणसहित स्वदेशमै रोजगारी सिर्जना, तथा पर्यटन प्रवर्द्धनका विषयमा विशेष जोड दिइएको छ।

    उपमेयर सुबेदीले ज्ञापनपत्रमा उल्लेख गरिएका विषयहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा ल्याउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जिल्ला सचिव अधिकारीले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑