
नेपाल गणित समाजले आफ्नो स्थापनाको ४७ औँ वार्षिकोत्सव गणित केन्द्रीय विभाग त्रि. वि . किर्तिपुरमा मनाएको छ। कार्यक्रमको अध्यक्षता समाजका सभापति सह प्राध्यापक डा. श्रीराम खड्काले गर्नुभयकाे थियो भने प्रमुख अतिथिको रूपमा नेपाल सरकारका पूर्व उप प्रधान तथा परराष्ट्र मन्त्री एवम् जीपी कोइराला फाउन्डेसनका अध्यक्ष सुजाता कोइराला रहनुभएकाे थियो । अतिथिका रूपमा त्रि. वि गणित केन्द्रिय विभागका प्रमुख , पूर्व सभापति तथा समाजका सल्लाहकार प्रा. डा. चेतराज भट्ट , समाजका पूर्व सभापति तथा समाजका सल्लाहकार प्रा. डा. नारायण प्रसाद पहारी, गणित केन्द्रीय बिभाग अल्मुनाई एसोसियसनका अध्यक्ष प्रा. डा. ज्ञान बहादुर थापा, नेपाल म्याथमेटिकटल साइन्सेज ट्रस्टका अध्यक्ष प्रा. डा. सिद्धिप्रसाद कोइराला , WoNiMS का अध्यक्ष धन कुमारी थापा, नेपाल स्टाटिस्टिकल सोसाइटीका अध्यक्ष प्रा. डा. राम प्रसाद खतिवडा , नेपाल फिजिकल सोसाइटीका अध्यक्ष प्रा. डा. प्रदिप भट्टराई र नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. दिनेश राज पन्त हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख अतिथि कोइरालाले आफू गणित समाजका कार्यक्रमहरुबाट साऱ्है उत्साहित भएको र राष्ट्रको समम्र विकाशका लागि विज्ञान र प्रविधिको आवश्यक पर्ने र त्यसका लागि गणितको विकाश नभइ नहुने भएकाले आफू र फाउन्डेसन सैदव गणित समाजसंग मिलेर काम गर्न तयार रहेको र छिट्टै MoU मार्फत नयाँ कार्यकम ल्याउने समेत प्रतिबद्धता गर्नुभयो।
समाजका सभापति डा. खड्काले समाज सदैव गणित क्षेत्रमा काम गर्ने हरेक विद्यार्थी , शोधार्थी , शिक्षक र प्राध्यापकहरुको क्षमता अभिवृद्धि एव उच्च मनोबल बिकासमा लागिरहने र यस क्रममा सबै सहयोगि निकायहरुसंग सहकार्य गरेर अगाडि बढने कुरा राख्नु भयो। कार्यक्रममा गणित र गणितीय क्षेत्रमा रहेर योगदान गर्ने गणितज्ञहरूलाई समेत सम्मान गरिएको थियो।
११० जना भन्दा बढी आजीवन सदस्यहरुको उपस्थितिमा सन्चालित उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव डा. रमेश गौतमले गर्नु भएकाे थियो


प्रतिक्रिया दिनुहोस