आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

कर्णालीमा विद्यार्थी परिषद्को समीक्षा तथा योजना बैठक सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ २४, शनिबार मा प्रकाशित १ साल अघि
  • ४२७ पाठक संख्या
  • प्रदेशव्यापी अभियान घोषणा

    सुर्खेत, वीरेन्द्रनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशको प्रदेश कार्यकारिणी समिति बैठक (समीक्षा तथा योजना) वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। वार्षिक समीक्षा तथा आगामी वर्षको कार्ययोजना तय गर्ने उद्देश्यसहित आयोजित उक्त बैठकमा परिषद्का केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू, पूर्व कार्यकर्ताहरू, तथा विभिन्न जिल्लाबाट आएका प्रमुख कार्यकर्ताहरू गरी २५ जनाको सक्रिय सहभागिता रहेको थियो।

    बैठकमा कर्णाली प्रदेश अध्यक्ष श्री भीमबहादुर रोकाय, प्रदेश सचिव श्रीमती अरुणा आचार्य, वीरेन्द्रनगर इकाइ अध्यक्ष श्री प्रमानन्द रेग्मी, राष्ट्रिय महासचिव श्री दिनेश कार्की, राष्ट्रिय मिडिया प्रमुख विरजित बोहरा, केन्द्रीय सदस्यद्वय विनोद अधिकारी र सीता खनाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै वीरेन्द्रनगर अध्यक्ष प्रमानन्द रेग्मीले विद्यार्थी परिषद्का कार्यकर्ता राष्ट्रप्रेम, इमानदारी र पुनर्निर्माणको यात्रामा सदैव अग्रपंक्तिमा रहने विश्वास व्यक्त गर्दै आफू सधैं परिषद्को अभियानमा साथ र समर्थन रहने प्रतिबद्धता जनाए। उनले पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको राजनीतिक विचलनप्रति चिन्ता व्यक्त गर्दै सुधारको नेतृत्व विद्यार्थी परिषद्ले लिनुपर्ने धारणा पनि राखे।

    बैठकमा २०८१ सालको कार्यक्रम र गतिविधिहरूको समग्र समीक्षा गर्दै २०८२ सालभरि सञ्चालन गरिने अभियानहरूको स्पष्ट रूपरेखा प्रस्तुत गरिएको थियो। प्रदेशभरिका सम्पूर्ण जिल्लाहरूमा परिषद्को कामलाई सशक्त र प्रभावकारी रूपमा विस्तार गर्ने योजनासमेत सार्वजनिक गरिएको छ।

    कार्यक्रमको उद्देश्य प्रदेशव्यापी युवामाझ परिषद्को विचार र कार्यलाई अझ व्यापक बनाउँदै आगामी वर्षभरि विभिन्न सामाजिक, शैक्षिक र राष्ट्रिय चेतनाका कार्यक्रमहरू सञ्चालन गर्नु रहेको आयोजकले बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट