आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

स्वास्थ्य बीमा सेवामा भरतपुर अस्पताललाई पुनः पहिलो विन्दु, असोज मसान्तसम्म सेवा निरन्तर


  • आक्रमण न्युज
  • २०८२ अषाढ ३२, बुधबार मा प्रकाशित १ साल अघि
  • २९९ पाठक संख्या
  • टिकादत्त तिमिल्सिना

    चितवन । स्वास्थ्य बीमा बोर्डले भरतपुर अस्पताललाई आगामी असोज मसान्तसम्मका लागि पुनः स्वास्थ्य बीमाको पहिलो सेवा विन्दुका रूपमा सेवा प्रदान गर्न अनुमति दिएको छ। यस निर्णयसँगै अस्पतालले फेरि प्राथमिक उपचारदेखि रिफरल सेवा सम्मका सेवा निरन्तर रूपमा दिन सक्नेछ।

    बोर्डले आज अस्पताललाई पठाएको पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस अनुसार असोज मसान्तसम्मका लागि अस्थायी रूपमा पहिलो विन्दुको रूपमा सेवा दिन अनुरोध गरिएको उल्लेख छ।
    पत्रमा भनिएको छ, “स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको सूची अनुसार संघीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरूमा पहिलो विन्दुको सट्टा प्रेषण केन्द्रको व्यवस्था गरिने भनिए पनि बीमित सेवाग्राहीहरूको उपचार पहुँचलाई ध्यानमा राखी भरतपुर अस्पताललाई असोज मसान्तसम्मका लागि पहिलो तथा रिफरल सेवा विन्दुका रूपमा निरन्तरता दिने निर्णय गरिएको हो।”

    यसअघि बोर्डले भरतपुर अस्पतालसहित भरतपुर आँखा अस्पताललाई बीमाको पहिलो सेवा विन्दुबाट हटाएको थियो। तर सेवाग्राही र स्थानीय तहबाट आएको तीव्र विरोध र चासोका कारण मन्त्रालयको निर्देशनअनुसार बोर्डले सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

    यो निर्णयसँगै भरतपुर क्षेत्रमा स्वास्थ्य बीमा सेवामा आश्रित हजारौं नागरिकले तत्काल स्वास्थ्य सेवा पाउन सहज हुने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑