आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

प्रशस्त वर्षा नहुँदा रोपाइँ हुन सकेन।


  • आक्रमण न्युज
  • २०८२ श्रावण ३, शनिबार मा प्रकाशित १ साल अघि
  • २९४ पाठक संख्या
  • होमनाथ न्यौपाने।
    भरतपुर । प्रशस्त वर्षा नहुँदा चितवन को अधिकांश खेतमा रोपाईं हुन सकेको छैन।साउनको पहिलो हप्ता हुँदापनि प्रशस्त वर्षात नहुदा किसान चिन्तीत बनेका छन्।समयमै वर्षा नहुँदा चितवनसहित देशका विभिन्न भागमा रोपाइँ कार्य प्रभावित भएको छ। विगतका वर्षमा असार महिनामा व्यस्त रहने किसान यस वर्ष साउन लाग्दासम्म पनि खेतमा रोपाइँ गर्न नसक्दा उत्पादन घट्ने डरमा किसान आत्तिएका छन्।
    चितवनको भरतपुर महानगरपालिका वडा नं.16का किसान रमेश तामाङ भन्नुभयो, “गत वर्ष असार महिनामा नै रोपाइँ सकिएको थियो। तर यसपालि खेतमा पानी नै छैन, कसरी धान रोप्ने?” हामी त आत्तिएका छौ। कसरी बालबच्चा पालने भन्ने चिन्ताले उहाको थप भनाइ थियो।
    विभिन्न तत्थयाक अनुसार जिल्लाको कुल धान क्षेत्रफलमध्ये करिब ६० प्रतिशत क्षेत्रमा अझै रोपाइँ हुन सकेको छैन। “समयमै वर्षा नहुँदा खडेरीको अवस्था उत्पन्न भएको छ। यो अवस्था लामो समय रहिरहे धान उत्पादनमा ठूलो गिरावट आउने देखिन्छ।
    यस वर्ष मनसुन ढिलो सुरु भएको र आएको पानी पनि लगातार नभई छिटफुट परेको मौसमविद्हरू बताउँछन्। जलवायु परिवर्तनको असरले यस्तो स्थिति बारम्बार देखिन थालेको विज्ञहरूको भनाइ छ।
    सरकारले सिँचाइको व्यवस्था गर्न नसकेकोमा किसानहरू आक्रोशित छन्। स्थानीय किसान भन्छन्, “यदि सिँचाइको भरपर्दो योजना हुन्थ्यो भने हामी वर्षामा मात्रै भर नपरी रोपाइँ गर्न सक्थ्यौं। कृषकको गुनासो छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट