
होमनाथ न्यौपाने
चितवन।मैत्री सम्बन्ध सुदृढ बनाउनका लागि नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्ज सौराहामा रहेका खगेन्द्र प्रसाद र रुद्र कली हात्ती उपहारस्वरूप कतार सरकारलाई पठाउने तयारी गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरि हात्ती राख्न खोर निर्माण गरिरहेको छ। खोर सहित ट्रकमा राखेर सौराहावाट अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीवाट कार्गो विमानमा राखी कतार लगिनेछ। खगेन्द्र प्रसाद सन् २०१९-२५ मा जन्मिएका भाले हात्ती हुन् भने रुद्र कली सन् २०१८-१०-९ मा जन्मीएकी पोथी हात्ती हुन्। दुवै हात्ती सौराहाको हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका थिए। खगेन्द्र
र रुद्रको वावु शक्तिशाली जगली भाले हात्ती रोनाल्डो हो भने खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पुजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जंगली भाले हात्ती रोनाल्डो , ध्रुबे, गोविन्दे जस्ता शक्तिशाली हात्ती सँगको सहवासमा गर्भिणी हुन्छ्न्।
विध्यादेवी भन्डारी राष्ट्रपति हुदा कतार भ्रमण को समयमा भन्डारीले हात्ती उपहार दिने घोषणा गर्नुभएको थियो।कतारी दुतावास काठमाडौं र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं विच २०२५-८-१८ मा हात्ती कतार पठाउने विषयमा सम्झौता भएको हो। खगेन्द्र र रुद्रलाइ डिसेम्बर २०२५ मा कतार पठाउने छ। दुवै हात्तीलाइ कतारको चिडियाखानामा विशेष वासस्थान निर्माण गरि राख्ने बताइएको छ।
खगेन्द्र र रुद्र स्वस्थ र प्रशिक्षित हात्ती हुन्।
यसअघि पनि नेपालले विभिन्न मित्रराष्ट्रलाई बाघ, हात्ती, चराचुरुङ्गी लगायतका वन्यजन्तु उपहार स्वरूप प्रदान गर्दै आएको छ। जानकारहरुका अनुसार यस्तो अभ्यासले दुई देशबीचको सम्बन्ध मजबुत हुनुका साथै नेपालको जैविक विविधताको महत्त्व पनि अन्तर्राष्ट्रिय स्तरमा प्रकट हुनेछ।

प्रतिक्रिया दिनुहोस