
‘ ।
होमनाथ न्यौपाने
भरतपुर । वि.सं. २०३४ मा शुरु भइ करिब चार वर्षमा निर्माण सम्पन्न भएको नारायणगढ गैंडाकोट जोड्ने पुल जीर्ण बन्दै गएको छ। पुल ४४ वर्ष पुरानो हो।हाल यो पुल नेपालकै सबैभन्दा व्यस्त पुलहरू मध्ये एक हो।पुलको सन्चालनपछि तराई–पहाड यातायातलाई सहज बनायो, नारायणगढलाई ‘देशको व्यापारिक केन्द्र’ बनाउने आधार बन्यो ।
यस पुल बनेपछि नारायणगढ बजार तीव्र गतिमा फस्टायो, गैंडाकोट–नवलपुर तर्फ पनि व्यापारिक गतिविधि बढ्यो। ।
१९७० दशकमा पूर्व–पश्चिम राजमार्ग निर्माण सगै नारायणी नदीमा स्थायी पुलको आवश्यकता पर्यो।करिब ४२० मिटर लामो पुल
प्री–स्ट्रेस्ड कङ्क्रिट गर्डर सम्रचना अनुसार बनाइएको छ।गहिरो नदी प्रवाहका कारण वेल फाउन्डेसन र क्यैसनव प्रविधि प्रयोग गरिएको थियो।
पुलको भार वहनको लागि १५ वटा ठूला गोलाकार पिल्लर, नदीको गहिराइ र वहावलाई सहनसक्ने गरी बनाइएको छ ।
भारतीय तथा नेपाली प्राविधिकको सयुक्त सहयोगमा वनाइएको हो।
पुल पुरानो भएकाले अहिले भारी ट्राफिक, भूकम्पीय जोखिम र भार व्यवस्थापनका चुनौती देखिएका छन्। पुल निर्माण हुनुअघि नारायणगढ र नवलपुर गैंडाकोट जोड्न डुङ्गा प्रयोग हुन्थ्यो।

प्रतिक्रिया दिनुहोस