आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026
  • गृहपृष्ठ
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो टीम
  • हाम्रो वारे
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्तरवार्ता
  • आर्थिक
    • कृषि/सहकारी
    • पर्यटन
    • बैंक
    • रोजगार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • जीवनशैली
  • मनोरञ्जन
  • राजनीति
  • English
  • आक्रमण साप्ताहिक
  • अन्य
    • विज्ञान / प्रविधि
    • विचार / ब्लग
    • स्वास्थ्य
    • प्रवास
    • साहित्य / संस्कृति
    • Video
    • पत्रपत्रिकाबाट
    • सुचनाहरु
    • अनौठो / रोचक जानकारी
Trending
प्रदेशस्तरीय अगुवा निर्वाचन उम्मेदवार प्रधानमन्त्री ललितपुर माओवादी केन्द्र साधारण निरीक्षण गठबन्धन प्रदेश सरकार प्रदेशसभा सदस्य गणतन्त्र

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार


होमपेज /  मुख्य समाचार
  • आक्रमण न्युज
  • २०८२ भाद्र ३०, सोमबार मा प्रकाशित ११ महिना अघि
  • २६१ पाठक संख्या
  • काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिनुहुन्थ्यो । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उहाँ उत्तिकै आशावादी हुनुहुन्छ । रसिलो आँखा पार्दै उहाँले भन्नुभयो, “यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।” सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् । सिंहदरबारको तस्बिर कैद गरिरहनुभएकी कानुन व्यवसायी देवमाया घिमिरेले भन्नुभयो, “सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।” अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद गर्दा अधिकांशमा मौनता देखिन्थ्यो । आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछकी भन्ने चिन्ता छ । उहाँ भन्नुहुन्छ, “सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।” गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थप्नुभयो, “धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैँले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।” सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताउनुभयो । “एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो । पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताउनुभयो । उहाँले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताउनुभयो । सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उहाँले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाउनुभयो । यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो । विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरु युरोपबाट मगाइएको थियो । आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु

    राष्ट्रियसभाको बैठक बस्दै

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

    लोकप्रिय

    एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी

    सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन सङ्कल्प प्रस्ताव दर्ता

    ‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’

    कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता

    बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन

    पुराना दल र नेताप्रति चरम असन्तुष्टि

    ताजा अपडेट

    प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै

    मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल

    सीमा नाका व्यवस्थापन गर्न गृहमन्त्री खाणको जोड

    काग तिहार मनाइँदै

    “डिजिटल लागु औषधि” बारे एक चर्चा

    राष्ट्रियसभाको बैठक बस्दै

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

    समाचार

    अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम

    प्रतिनिधिसभाः रासायनिक मलको सहज व्यवस्था गरियोस्

    रास्वपा महाधिवेशनः मतदान सुरु

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • English
    • कृषि/सहकारी
    • पर्यटन
    • बैंक
    • रोजगार
    • कर्णाली
    • गण्डकी
    • कोशी
    • बागमती
    • मधेश
    • लुम्बिनी
    • सुदूरपश्चिम

    आक्रमण मिडिया नेटवर्क को लागि

    अध्यक्ष : मेनुका पन्त

    प्रधान सम्पादक : टिकादत्त तिमिल्सिना

    सल्लाहकार सम्पादक: हरि अधिकारी

    सम्पादक: शंकर चिमरिया

    कार्यकारी सम्पादक : होमनाथ न्यौपाने

    सह-सम्पादक: एलिशा तिमिल्सिना/ शंकर सुवेदी

    मार्केटिङ डाइरेक्टर: प्रभात राज पाण्डे

    सम्बादाताहरु:
    उदय तिमिल्सिना
    सुरेस अधिकारी
    जनता रैका (कोहलपुर )
    सन्दिप कुंवर (नवलपरासी)

    द. नं. ००२४४/०८०/०८१

    Contact Information

    न्युज डेस्क सम्पर्क: ०५६५२१५७७

    मोबाईल: ९८५५०५९५१०

    [email protected]

    भरतपुर, चितवन

    Website:- akramannews.com

    Quick Menu

    • Privacy Policy
    • Term & Condition
    • हाम्रो वारे
    • हाम्रो टीम
    • सम्पर्क
    • बिज्ञापन

    Social Media

    Copyright © Estd 2022 - 2026 आक्रमण न्युज - Akraman News | All rights reserved. Designed by GOJI Solution
    ↑