तनहुँको ग्रामीण पर्यटकीय क्षेत्र ऋषिङ गाउँपालिका–३ दुबुङबाट देखिएको सूर्योदय र कुहिरोले ढोकेको आसपासको क्षेत्र । तस्बिर ः मिला दरै÷राससdefault
आक्रमण न्युज
२०८२ पौष ५, शनिबार मा प्रकाशित ७ महिना अघि
८६ पाठक संख्या
काठमाडौँ। हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।
देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस