आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नारायणी टुडे राष्ट्रिय मासिकको २७ औँ वर्षको यात्रा, आजिवन सदस्यहरू सम्मानित


  • आक्रमण न्युज
  • २०८२ माघ १२, सोमबार मा प्रकाशित ६ महिना अघि
  • १८५ पाठक संख्या
  • भरतपुर । नारायणी टुडे राष्ट्रिय मासिकको प्रथम आजीवन सदस्य सम्मेलन तथा सम्मान कार्यक्रम २०८२ साल माघ १२ गते भरतपुरमा भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। उहाँले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    कार्यक्रममा एलिना कंडेल, विभूति अधिकारी, सिमरन पिया लगायतले पत्रिकाको  व्याख गर्दै नारायणी टुडेले लामो समयदेखि समाजका आवाजलाई उजागर गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँहरूले सञ्चार माध्यमले समाज रूपान्तरणमा खेलेको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।

    विशिष्ट अतिथिका रूपमा नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारीको उपस्थिति रहेको कार्यक्रममा सृजना अर्यालले उदघोषण गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता नारायणी टुडे राष्ट्रिय मासिकका प्रकाशक तथा प्रधान सम्पादक विरेन्द्रमणि पौडेलले गर्नुभएको थियो। अध्यक्ष पौडेलले नारायणी टुडे विगत २७ वर्षदेखि सत्य, तथ्य र जनपक्षीय पत्रकारितामा प्रतिबद्ध रहँदै आएको बताउँदै आजीवन सदस्यहरूको साथले संस्थालाई थप बलियो बनाएको उल्लेख गर्नुभयो।


    उक्त अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई आजीवन सदस्यका रूपमा सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी आजीवन सदस्यहरूमा चितवन जिल्लामा कार्यरत अधिकांश डाक्टर, शिक्षक तथा विभिन्न क्षेत्रका विज्ञहरू रहेको देखिनुले नारायणी टुडेप्रति बौद्धिक वर्गको विश्वास र समर्थन स्पष्ट रूपमा झल्किएको आयोजकले जनाएको छ।


    कार्यक्रमले नारायणी टुडे राष्ट्रिय मासिकको यात्रालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै सहभागिहरूले यसको निरन्तर सफलताको कामना गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट