आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

माहानगर फलफुल तथा तरकारी बजारको ९ औँ साधारणसभा तथा ५औँ अधिवेशनसम्पन्न


  • आक्रमण न्युज
  • २०८२ फागुन ४, सोमबार मा प्रकाशित ५ महिना अघि
  • ३७४ पाठक संख्या
  • थिर प्रसाद धितालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

    भरतपुर कृषी प्रवर्धन बजार विकास प्रा.लि. (माहानगर फलफुल तथा तरकारी बजार), भरतपुर–२ को ९ औँ वार्षिक साधारणसभा तथा ५औँ अधिवेशन सम्पन्न भएको छ। साधारणसभाले हालसम्मको प्रगति विवरणको समीक्षा गर्दै आगामी कार्ययोजना र कार्यक्रमहरूबारे वृहत छलफल गरी महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ।

    आज सम्पन्न अधिवेशनबाट नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा थिर प्रसाद धिताल चयन हुनुभएको छ भने प्रबन्ध निर्देशकमा जयराम पाण्डे निर्वाचित हुनुभएको छ। त्यसैगरी सञ्चालकहरूमा रामचन्द्र वंशी ठकुरी, मुकुन्द प्रसाद गौतम, रामराज पाण्डे, सोम बहादुर बज्यू, काशीराम सापकोटा, शंकर प्रसाद भेटवाल, नवराज अर्याल, हरी प्रसाद रिजाल (अच्युत) र ढलक प्रसाद धिमाल चयन हुनुभएको छ।

    नवनिर्वाचित अध्यक्ष धितालले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संस्थापक अध्यक्ष शालिकराम घिमिरेप्रति विशेष आभार व्यक्त गर्नुभयो। उहाँले कम्पनीका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै आगामी दिनमा बजारलाई अझ व्यवस्थित, व्यवसायी–मैत्री, किसान–मैत्री र उपभोक्ता–मैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँका अनुसार नयाँ कार्यसमितिले साधारणसभाबाट प्राप्त जिम्मेवारीलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै माहानगर फलफुल तथा तरकारी बजारको व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य लिएको छ। बजारको पूर्वाधार सुदृढीकरण, सरसफाइ व्यवस्थापन, मूल्य स्थिरता तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिने जनाइएको छ।

    साधारणसभाले विगतका उपलब्धिहरूको समीक्षा गर्दै संस्थालाई थप सुदृढ बनाउने संकल्पसहित अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट