आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

हाकिमचोकबाट शहिदचोकसम्म: ‘नेहा कलेक्सन’को नयाँ यात्राको भव्य शुभारम्भ


  • आक्रमण न्युज
  • २०८३ भाद्र ६, शनिबार मा प्रकाशित ५ घण्टा अघि
  • ९० पाठक संख्या
  • भरतपुर । छ वर्षसम्म हाकिमचोकबाट ग्राहकको विश्वास जित्दै आएको नेहा कलेक्सन अब नारायणगढको शहिदचोकस्थित उदय मार्केट (बिग बजार) मा नयाँ स्वरूपसहित सञ्चालनमा आएको छ। नयाँ शोरुमको आज भव्य रूपमा ग्राण्ड ओपनिङ गरिएको हो।

    ओम शान्ति गैंडाकोट पिसपार्कका राजु भाइजी, हाकिमचोक भरतपुरका ओम शान्तिआश्रमका बहिनीहरू तथा नेहा कलेक्सन परिवारको उपस्थितिमा रिबन काटेर उद्घाटन गरिएको थियो।

    उद्घाटन समारोहमा आध्यात्मिक शुभकामना, आत्मीयता र उत्साहपूर्ण वातावरण देखिएको थियो।

    नेहा कलेक्सनकी प्रोप्राइटर नारायणी पहारी ले छ वर्षको यात्रामा साथ दिने सबै ग्राहकप्रति आभार व्यक्त गर्दै नयाँ स्थानमा अझ व्यवस्थित, आकर्षक र ब्रान्डेड कपडाको उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार चितवन मात्र होइन, देशका विभिन्न जिल्लाबाट पनि अनलाइनमार्फत कपडाको माग बढ्दै गएको छ।

    उद्घाटनको अवसरमा भदौ ६ र ७ गते विशेष समारोह आयोजना गरिएको छ। यी दुई दिन ब्रान्डेड कपडा खरिद गर्ने ग्राहकलाई विशेष छुट का साथै आकर्षक उपहार समेत प्रदान गरिने व्यवस्था गरिएको छ।

    विश्वास, गुणस्तर र आत्मीय सेवाको पहिचान बनेको नेहा कलेक्सनले नयाँ ठेगानाबाट फेसनप्रेमी ग्राहकका लागि अझ समृद्ध रोजाइ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट