आज: २०८३ कार्तिक १५, आईतबार | Sun, 01, Nov, 2026

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक बस्दैँ


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १५, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • ११ पाठक संख्या
  • काठमाडौं। नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक तयारीका विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बस्दैँछ  ।

    दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।

    उक्त बैठकमा सरकारका निर्णयमाथि गम्भीर ध्यानाकर्षण गरिनेछ  । बैठकको मुख्य एजेन्डा पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका गतिविधि रहनेछन्। पछिल्लो समय सरकारका एकपछि अर्को निर्णय र कदमहरू विवादित बन्दै गएको भन्दै कांग्रेसले त्यसबारे गम्भीर समीक्षा गर्ने भएको छ।

    “सरकारका एकपछि अर्को निर्णय र कदम विवादित भइरहेका छन्। त्यसबारेमा छलफल गर्नका लागि पदाधिकारीहरूको बैठक बस्न लागिएको हो,” एक पदाधिकारीले भने, “बैठकपछि सरकारलाई यी विषयमा औपचारिक रूपमा ध्यानाकर्षण गराउनेछौँ।”

    सरकारको कार्यशैलीको समीक्षा बाहेक बैठकमा पार्टीका आन्तरिक विषयहरूमा समेत विस्तृत छलफल हुने बताइएको छ। कांग्रेसले नेताहरूको कार्यविभाजन र आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिने सन्दर्भमा पनि बैठकमा महत्वपूर्ण छलफल गर्ने तयारी गरेको छ।

    नब निर्वाचित केन्द्रिय समितिकाे याे पहिलाे बैठक हाे ।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑