आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

एपी वान टेलिभिजनद्वारा लोकप्रिय रियालिटी शो १ की विजेता नविना


  • आक्रमण न्युज
  • २०८२ कार्तिक १०, सोमबार मा प्रकाशित १ महिना अघि
  • ७७ पाठक संख्या
  • एपी वान टेलिभिजनद्वारा प्रसारण गरिएको लोकप्रिय रियालिटी शो १’ की विजेता नविना रानाभाटलाई सञ्चारिका समूह नेपाल, बाँके शाखाले एक विशेष कार्यक्रममार्फत सम्मान तथा बधाई अर्पण गरेको छ ।
    कोहलपुरको घैंटो एण्ड लजमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका उप–प्रमुख संगिता सुवेदी रहेकी थिइन् ।
    यस्तै कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप वाग्ले, पत्रकार महासंघ बाँकेका निवर्तमान उपाध्यक्ष संगिन शर्मा, लुम्बिनी प्रदेश सदस्य लक्ष्मी तिमिल्सिना, प्रेस सेन्टर नेपाल बाँके सचिव पुष्प राज हमाल, कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाही, नेपालगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारी लगायत सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
    कार्यक्रमको सभापतित्व सञ्चारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियारले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन धना केसीले गरेकी थिइन् ।
    कार्यक्रमका दौरान विजेता रानाभाटलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रमुख अतिथि तथा अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै रानाभाटको सफलताले बाँके र लुम्बिनी प्रदेशको गौरव बढाएको बताएका थिए ।
    सञ्चारिका समूह बाँकेले आगामी दिनहरूमा पनि स्थानीय प्रतिभा र सृजनशील व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट