आज: २०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

रोटरी क्लब अफ डिल्लीबजारद्वारा डिजी भिजिट कार्यक्रम भव्य रूपमा सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ पौष १०, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • १९१ पाठक संख्या
  • काठमाण्डौ । पुष १० गते (डिसेम्बर २५, २०२५) का दिन रोटरी क्लब अफ डिल्लीबजारले आफ्नो वार्षिक डिस्ट्रिक्ट गभर्नर (डिजी) भिजिट कार्यक्रम भव्य र सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ। क्लबका अध्यक्ष प्रेम ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रोटेरियन विनोद कोइराला रहनुभएको थियो।
    कार्यक्रमका विशेष अतिथिहरूमा पास्ट डिस्ट्रिक्ट गभर्नरहरू संजय गिरी र जितेन्द्र राजभण्डारी, गभर्नर–इलेक्ट विष्णुबहादुर कार्की, डिस्ट्रिक्ट सेक्रेटरी अनिश बज्राचार्य, जोइन्ट सेक्रेटरी अर्जुनश्रेष्ठ , उत्तम पौडेल, डिस्ट्रिक्ट पब्लिक इमेज चेयर अमित गिरी , आइेपिपी सागर निधी तिवारी लगायतको गरिमामय उपस्थिति रहेको थियो।
    कार्यक्रममा क्लबका एडमिनिस्ट्रेशन डाइरेक्टर बबिता बस्नेत, मेम्बरशिप डाइरेक्टर सौरव पन्त, सर्भिस प्रोजेक्ट डाइरेक्टर डा हरिकृष्ण बाँसकोटा, रोटरी फाउन्डेसन कमिटिको तर्फबाट कोषाध्यक्ष मनोज श्रेष्ठ तथा पब्लिक इमेज कमिटी सदस्य दामोदर नेपालले आ–आफ्ना कमिटीमार्फत चालु रोटरी वर्षमा सम्पन्न तथा प्रस्तावित कार्यक्रम र योजनाहरूको प्रगति विवरण व्यवस्थित रूपमा प्रस्तुत गर्नुभएको थियो।
    प्रस्तुत प्रगति विवरणप्रति सन्तुष्टि व्यक्त गर्दै डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको प्रशंसा गर्नुभएको थियो। उहाँले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिनुहुँदै रोटरी क्लब अफ डिल्लीबजार डिस्ट्रिक्टकै एक भाइब्रेन्ट (सक्रिय) क्लबको रूपमा स्थापित हुँदै गएको उल्लेख गर्नुभयो। साथै क्लबले ठूला तथा प्रभावकारी परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको विषयलाई पनि विशेष रूपमा जोड दिनुभएको थियो।
    कार्यक्रममा प्रेसिडेन्ट–इलेक्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भाइस प्रेसिडेन्ट राजेश अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। यसैगरी दीप्ती सिंहले क्लबका यस वर्षका समग्र गतिविधिहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव सन्ध्या राजभण्डारीले कुशलतापूर्वक गर्नुभएको थियो।
    क्लबका अध्यक्ष प्रेम ओलीले प्रमुख अतिथि, विशेष अतिथि, पास्ट प्रेसिडेन्टहरू, रोटरियनहरू, स्पाउस, रोटर्याक्ट तथा इन्टर्याक्ट सदस्यलगायत सम्पूर्ण अतिथिहरूको गरिमामय उपस्थितिबाट कार्यक्रम भव्य र सफल बनेकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ।
    कार्यक्रमको अन्त्यमा रोटर्याक्टर बहिनीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गायक रोटरियन मनहरी थापाले आफ्नो नयाँ गीत प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। कार्यक्रममा होली इन्भोकेसन पास्ट प्रेसिडेन्ट माधव प्रसाद उपाध्यायले गराउनु भएको थियो भने फोर–वे टेस्ट रोटरियन मनहरी थापाले प्रस्तुत गर्नुभएको थियो।
    उक्त कार्यक्रममा प्रेसिडेन्ट वलीले क्लबको तर्फबाट गभर्नर कोइरालालाई रोटरी फाउन्डेसनको लागि करीव १ लाख पचहत्तर हजार, डिज्यास्टर फन्डको लागो १० ह्जार, डिस्ट्रिक्ट कन्फिरेन्स स्पोन्सरशिप को लागि दश ह्जारको चेकहरु हस्तान्तरण गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट