आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

किशोरीहरूमा महिनावारी स्वच्छताबारे सचेतना : रोटरी क्लब अफ डिल्लीबजारद्वारा स्यानिटरी प्याड वितरण


  • आक्रमण न्युज
  • २०८२ फागुन २७, बुधबार मा प्रकाशित १ महिना अघि
  • १४८ पाठक संख्या
  • काठमाडौँ । किशोरीहरूको स्वास्थ्य र स्वच्छताबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले Rotary Club of Dillibazar को आयोजनामा Albert Secondary School, मैतीदेवीमा अध्ययनरत किशोरी विद्यार्थीहरूका लागि “किशोरीहरूका लागि महिनावारी स्वच्छता तथा स्यानिटरी प्याड वितरण कार्यक्रम” सम्पन्न भएको छ।

    बिहीबार सम्पन्न उक्त कार्यक्रममा किशोरीहरूलाई महिनावारीका समयमा अपनाउनुपर्ने सरसफाइ, स्वास्थ्य सुरक्षा तथा सुरक्षित व्यवहारका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा Rotaract Suraksha GC र Rotaract Sanjana Lekhak ले सहजीकरण गर्दै महिनावारी स्वच्छता, स्यानिटरी प्याडको सही प्रयोग तथा यसको सुरक्षित व्यवस्थापनबारे प्रभावकारी प्रस्तुति दिएका थिए।

    प्रशिक्षकहरूले किशोरीहरूलाई महिनावारी कुनै लाज वा डर मान्नुपर्ने विषय नभई प्राकृतिक प्रक्रिया भएको उल्लेख गर्दै यस समयमा उचित सरसफाइ र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

    कार्यक्रममा सहभागी सबै किशोरी विद्यार्थीहरूलाई Rotary Club of Dillibazar ले स्यानिटरी प्याड समेत वितरण गरेको थियो। यसबाट किशोरीहरूलाई महिनावारी व्यवस्थापनमा थप सहजता पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्ट Leelanath Sharma, पास्ट प्रेसिडेन्ट Indira Parajuli, क्लबकी सचिव Sandhya Rajbhandari तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष Shambhu Pokharel लगायतको उपस्थिति रहेको थियो।
    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पास्ट प्रेसिडेन्ट Indira Parajuli ले मार्च महिना रोटरीको Water, Sanitation and Hygiene (WASH) महिना भएकाले सोही सन्दर्भ पारेर किशोरीहरूको स्वास्थ्य र स्वच्छतासँग सम्बन्धित कार्यक्रम आयोजना गरिएको बताउनुभयो। साथै उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रशिक्षक तथा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो।

    यस कार्यक्रमले किशोरीहरूमा महिनावारीसम्बन्धी सही ज्ञान अभिवृद्धि गर्नुका साथै स्वास्थ्य र स्वच्छताप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट