Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

भरतपुर १० नमूना टोलमा आमा समूह गठन


  • आक्रमण न्युज
  • २०८१ अषाढ १, शनिबार मा प्रकाशित २ साल अघि
  • १०५२ पाठक संख्या
  • आषाढ १, २०८१
    चितवन । भरतपुर १० अन्र्तगत नमूना टोल विकास संस्थामा आमा समूह गठन भएको छ ।
    आज शनिवार सम्पन्न भेलाले जानुका थापाको अध्यक्षतामा २१ सदस्यीय कार्य समिती सदस्य गठन गरेको छ ।
    उपाध्यक्षमा कमला ठकुरी, सचिवमा अन्जु सापकोटा, कोषाध्यक्षमा शिला भण्डारी र सह सचिवमा शुशिला थापा रहने गरि निम्न सदस्यहरु निर्विरोध चयन गरिएको छ ।


    सदस्यहरुमा रेवती पौडेल, दुर्गा पौडेल, मेनुका पन्त, टुक कुमारी ढकाल, अर्चना भण्डारी, इन्द्र कुमारी गुरुङ्ग, कल्पना रेग्मी, शान्ता कंडेल, सुनिता लामिछाने, पबित्रा गैरे, विष्णु लामिछाने, शुशिला अधिकारी, प्रतिमा ढकाल, सपना ओझा, सिता अधिकारी र १ जना पछि मनोनयन गर्ने गरि कार्य समिती गठन भएको हो ।
    नमुना टोल अन्र्तगत रहेको ९ वटा मार्गबाट सबैजनालाई समेटगरि कार्यसमिती गठन गरिएको नमूना टोल विकास संस्थाका अध्यक्ष ह्दयनाथ घिमिरेले बताउनु भयो । कार्यक्रममा टोलका सदस्य पानीदत्त ढकाल र भेलामा उपस्थित अन्य सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।


    भरतपुर महानगरपालिका वडा नं. १० की वडा सदस्य सुर्य बन्दना हमालको प्रमुख आतिथ्यमा तथा नमूना टोल विकास संस्थाका अध्यक्ष ह्दयनाथ घिमिरेको अध्यक्षतामा कार्यक्रम भरतपुर १० स्थित गणेश मन्दिरमा सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑