आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

राप्तीका मेयरमाथि आक्रमण : गाडी ताेडफाेड


  • आक्रमण न्युज
  • २०८१ अषाढ २३, आईतबार मा प्रकाशित १ साल अघि
  • ३४१ पाठक संख्या
  • आषाढ २३, २०८१

    चतवन । चितवनकाे राप्ती नगरपालिकाका मेयर शमशेर लामा माथी आक्रमणकाे प्रयास भएकाे छ । अज्ञात समुहले आइतबार राती उहाँ सवार सरकारी गाडी ताेडफाेड गरेकाे छ । राती सवा ९ बजे नगरपालिकाकाे काम सकेर गड्याैलीबाट घर तर्फ फर्किने क्रममा वडा नं २ स्थित बुद्धशान्ति मावि नजिक मेयर लामाकाे गाडीमा डुंगा प्रहार भएकाे प्रहरीले जनाएकाे छ । समुहमा आएका केहि व्यक्तिले मेयर लामाको बा २ झ ३६६६ नम्बरकाे सेतो स्कार्पियोमा आक्रमण गरेका हुन । मेयर लामाको गाडीको पछाडीको सिसा फुटेको छ । मेयर लामालाई भौतिक चोटपटक भने लागेको छैन । नगरपालिकाकाे कामकै सिलसिलामा गड्याैली पुगेर फर्किदै थिए मेयर लामाले भन्नुभयाे एक्कासी गाडीमा आक्रमण भयाे, डुंगाले गाडीकाे पछाडि लागेर ज्यान जाेगियाे । जनप्रति निधिहरुकै बेमेलका कारण उक्त नगरपालिकामा विकासले गति लिन सकेकाे छैन् । विगत ६ महिना अघिदेखि जनप्रतिनिधिहरुले नै मेयर र उपमेयरकाे कार्यकक्षमा तालाबन्दी गरेकाे छन् । दुई गत बर्षदेखि यहाँ नगर सभा र कार्यपालिका बैठक बस्न सकेकाे छन् । विवादित बन्दै गएकाे साे नगरपालिकाका मेयर लामाकाे सुरक्षाकाे लागि जिल्ला सुरक्षा समितिले पिएसओ समेत खटाएको छ । घटना लगतै इलाका प्रहरी कार्यालय भण्डाराकाे टाेली घटनास्थलमा पुगेको थियो । गाडी अहिले नगरपालिकाको प्रशासनिक भवनमा रहेको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट