Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा दोश्रो कृषि प्रदर्शनी तथा कृषक मेला संचालन हुने


  • आक्रमण न्युज
  • २०८१ मंसिर १६, आईतबार मा प्रकाशित १ साल अघि
  • ६१४ पाठक संख्या
  • मंसिर १६, २०८१
    चितवन । मङ्सिर २९ गतेबाट रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रदर्शनी परिसरमा कृषि प्रदर्शनी तथा कृषक मेला – २०८१ शुरु हुने भएको छ ।
    कृषि रुपान्तरणको प्रमुख आधार ,नवप्रवर्तन,उद्यम र प्रविधि विस्तार मूल नाराका साथ आयोजनामा हुने सो कार्यक्रमले कृषि प्रविधि ,नवप्रवर्तन तथा अनुसन्धानका साथै किसानहरुको ज्ञान,सीप र दक्षता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको मेला आयोजक, सचिवालय सँयोजक ऋषिराम कट्टेलले जानकारी दिनुभयो ।
    कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रा.डा.अर्जुन कुमार श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालय ल्याण्ड ग्रान्ट मोडलमा स्थापित भएकोहुँदा विश्वविद्यालयले अध्ययनअध्यापन,अनुसन्धान र प्रसारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । विश्वविद्यालय ,विभिन्न तह र क्षेत्रका सरकारी निकाय,निजी क्षेत्र तथा उद्यमीहरु बीच विमर्श र सहकार्य गर्ने उद्देश सहित आयोजन गरिएको सो मेलामा कृषि,पशुपालन तथा भेटेरीनरी र वन क्षेत्रका एक सय भन्दा बढी स्टल रहनेछन् भने किसान,शिक्षाप्रेमी,बुद्धिजीवी ,विद्यार्थी,उद्यमी व्यवसायी र सरोकारबालाहरु गरि गरिव १० हजार भन्दा बढीको सहभागीता रहने लक्ष्य रहेको छ । मेलामा विभिन्न विधाका २०० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ।


    यहि मङ्सिर २९ गते उद्घाटन सभाबाट शुरु भै कृषि क्षेत्रको नीतिगत बहस,कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालाबीच छलफल तथा दिगो पशुपालन ,भेटेरीनरी सेवा तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन जस्ता विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल गर्दै पुस ३ गते मेला समापन हुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑