आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय


  • आक्रमण न्युज
  • २०८१ भाद्र ६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४०१ पाठक संख्या
  • भाद्र ६, २०८१
    काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध खुलाउने निर्णय गरेको छ ।
    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
    बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ ।
    तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट