Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

सूर्यकुमारको कप्तानीमा श्रीलङ्कासँग खेल्ने भारतीय क्रिकेट टिमको घोषणा


  • आक्रमण न्युज
  • २०८१ श्रावण ४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६२९ पाठक संख्या
  • एजेन्सी साउन ४,

    भारतीय क्रिकेट बोर्डले श्रीलङकासँग हुने टी–२० र एकदिवसीय श्रृङ्खलाका लागि टिमको घोषणा गरेको छ । बोर्डले टी–२० श्रृङ्खलाका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय र एकदिवसीय श्रृङ्खलाका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

    रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टी– २० खेल नखेल्ने घोषणा गरेपछि सूर्यकुमारलाई कप्तान र शुभमन गिललाई उपकप्तान बनाइएको छ । टी–२० टिममा सूर्यकुमार यादव ९कप्तान०, शुभमन गिल ९उपकप्तान०, यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषव पन्त, सन्जु सामसन, हार्दिक पाण्डेय, शिभम दुवे, अक्सर पटेल, वाशिंटन सुन्दर, रवि विश्नोई, अर्शदीप सिंह, खलिल अहमद र मोहमद सिराज रहेका छन् ।

    त्यस्तै एकदिवसीय टिममा रोहित शर्मा ९कप्तान०, शुभमन गिल ९उपकप्तान०, विराट कोहली, केएल राहुल, ऋषव पन्त, श्रेयस अय्यर, शिभम दुवे, कुलदीप यादव, मोहमद सिराज, वाशिंटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्सर पटेल, खलिल अहमद र हर्षित राना रहेका छन् ।

    भारतले श्रीलङ्कासँग श्रीलङ्कामा २७ जुलाई देखि टी–२० श्रृङ्खला र २ अगस्ट देखि एक दिवसीय श्रृङ्खलाका खेल्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑