Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

छात्रवृत्तिमा सुविधा सम्पन्नको प्राथमिकता, विपन्नको अवसर खोसिँदै!”


  • आक्रमण न्युज
  • २०८२ अषाढ २४, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४७१ पाठक संख्या
  •  

    “गरीबका सन्तानको सपना GPA को घेराभित्र थुनियो”

    टिकादत्त तिमिल्सिना

     चितवन । भरतपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको छात्रवृत्ति कार्यक्रमको उद्देश्य विपन्न, दलित, जनजाति, पिछडिएको वर्ग तथा असहाय परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउनु हो भन्ने भनाइ कागजमै सीमित देखिन थालेको छ।

    वास्तविकतामा भने छात्रवृत्तिका लाभग्राहीहरू प्रायः ती विद्यार्थी हुने गरेका छन्, जो महँगा निजी विद्यालयहरूमा पढ्दै आएका छन्, जसका अभिभावक करोडपति वा सक्षम पृष्ठभूमिका छन्, र जसले अपेक्षाकृत उच्च GPA ल्याएका छन्।

    उता, विपन्न परिवारका बाबुआमाले आफ्नो छोराछोरीलाई साधारण सरकारी विद्यालयमा पढाउँदा, विभिन्न आर्थिक, सामाजिक र भौतिक अभावबीच संघर्ष गर्दै पनि पढाइमा लागेका ती बालबालिका अपेक्षित GPA हासिल गर्न नसक्दा महानगरको छात्रवृत्तिबाट स्वतः वञ्चित भएका छन् । भरतपुर-१८ का एक मजदुर बाबुको गुनासो छ, जसका अनुसार छात्रवृत्तिको नाममा ‘मेरिट’ का नाममा ‘मनी’ का आधारमा अवसर बाँडिएको छ।

    यस कार्यक्रमले मूल्यांकनको आधार GPA लाई मात्र केन्द्रमा राखेकाले, सामाजिक तथा आर्थिक पृष्ठभूमिको गहिरो अध्ययन नगरी निष्कर्षमा पुगिने गरेको छ। नतिजा—संघर्षरत गरीब अभिभावकहरूका बालबालिकाको पहुँच अझै टाढा रहन्छ।

    शिक्षाविद्हरूको तर्क छ, “जहाँ विद्यार्थीको हैसियत बुझ्न अभिभावकको आय विवरण, सामुदायिक परिस्थिति र सामाजिक श्रेणी पनि समावेश हुनुपर्छ।”

    महानगरको शिक्षा शाखाले अहिलेको मापदण्ड सुधार गर्ने तयारी गरिरहेको भए पनि, धेरै अभिभावकहरू भन्छन्— “बिगतका अनुभव हेर्दा, अबको भरोसा पनि कठिन छ।”

    भरतपुर महानगरको छात्रवृत्ति प्रणालीमा गहिरो पुनरावलोकन आवश्यक छ—नत्र GPA को सर्टिफिकेटले अवसर पाउने र गरिबीको वास्तविक पीडा बोकेकाले सधैंझैं हेरेर बस्नुपर्ने दिन अझै लामो हुनेछ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑