आज: २०८३ भाद्र १०, बुधबार | Wed, 26, Aug, 2026

सुगर रोगीले पनि गर्न सक्छन् रक्तदान: डा. भोजराज अधिकारी


  • आक्रमण न्युज
  • २०८२ श्रावण १, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४८१ पाठक संख्या
  • चितवन । मधुमेह (सुगर) रोग लागेका व्यक्तिले पनि रक्तदान गर्न सक्ने कुरा एक चिकित्सकीय परीक्षणबाट पुष्टि भएको छ ।
    पुष्पाञ्जली अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार इन्सुलिन प्रयोग नगर्ने सुगर रोगीले अन्य सामान्य व्यक्तिहरु जस्तै रक्तदान गर्न सक्ने बताउनु भएको छ ।

     

    डा. अधिकारीले अनुसार “यदि विरामीले इन्सुलिन लिइरहेका छैनन् भने उनीहरुको रक्तदानले कुनै समस्या गर्दैन । यस्तो रक्त अरु व्यक्तिहरुलाई दिन सकिन्छ ।”

    यही सन्देश फैलाउन आज आक्रमण न्यूज डटकमका प्रधान सम्पादक टिकादत्त तिमिल्सिनाले स्वयं २२ वर्षपछि रक्तदान गर्नुभएको छ । उहाँलाई लामो समयदेखि मधुमेह थियो । रक्तदानपछिको अनुभव साझा गर्दै तिमिल्सिनाले भन्नुभयो, “ब्लड दिएपछि पुरानो रगत निस्केर नयाँ उत्पादन हुने हुँदा ब्लडमा सुगरको मात्रा पनि सन्तुलित हुन सक्छ भन्ने डाक्टरको सल्लाह पाएपछि रक्तदान गरेको हुँ । अबका दिनमा अन्य सुगर बिरामीलाई पनि रक्तदान गर्न प्रेरणा दिन चाहन्छु ।”

    चितवनमा पछिल्ला दिनमा रगत अभाव देखिएको बेला यो रक्तदानले महत्त्वपूर्ण सन्देश दिएको छ । ब्लड डोनर्स सोसाइटी नेपालमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेका अनुसार “चितवनमा रगतको अभाव भइरहेको बेला यस्तो सचेतना र प्रेरणा दिने रक्तदान महत्वपूर्ण छ । सुगरका बिरामीले पनि रक्तदान गर्न मिल्छ भन्ने प्रमाणसँगै अब रक्तदाता वृत्त बढ्ने अपेक्षा गर्न सकिन्छ ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट