Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २८, शनिबार | Sat, 14, Nov, 2026

के रवि विरूद्ध सरकार लागेकै हो त ?


  • आक्रमण न्युज
  • २०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७१८ पाठक संख्या
  • एउटा चलनचल्तीको आयाम हो, जसका धेरै भक्त हुन्छन्, उसका निन्दक पनि उतिकै सङ्ख्यामा हुन्छन् । यसलाई अलि आधुनिक भाषामा भन्दा जसको मेनिया हुन्छ, त्यसको फोबिया पनि हुन्छ । प्रसंग रवि लामिछानेको हो । उनका भक्त जति छन्, निन्दक पनि त्यति नै छन् । तर, सङ्ख्यामा हेर्दा पहिला भक्त धेरै थिए, अहिले निन्दक धेरै छन् । पहिला रवि–मेनियाको पल्ला भारी थियो, यतिबेला रवि–फोवियाको । उनका आलोचकहरू पहिला पनि थिए, अहिले पनि छन् । तर, यो संख्या पनि पहिलेको भन्दा बढेकै छ । सुरूमा रविलाई ‘पर्ख र हेर’ भन्दै शंकाको सुविधा दिने एउटा ठूलो पङ्क्ति भने यतिबेला निराश छ ।
    रवि लामिछाने यतिबेला भैरहवा कारागारमा छन् । उनको वर्तमान परिचय भनेको एक थुनुवाको मात्र हो । नाजायज सम्पत्ति आर्जन, सहकारी ठगी र संगठित अपराधका तीन–तीनवटा संगीन आरोप लागेर पुर्पक्षमा गएको एक थुनुवा । चार जिल्लामा उस्तै कसुरका आरोपी उनी अहिले चारमध्ये एक रुपन्देही जिल्लाको मुद्दाको क्रममा थुनुवा भएका हुन् । धरौटीमा छुटेर मुद्दा खेप्न नपाउने तहको कसुर गरेपछि उनको यो हविगत भएको हो । रविको बहालवाला परिचय एक थुनुवाको भए पनि उनका अरूखाले थुप्रै परिचय छन् । कुनै भूतपूर्व परिचय, कुनै निलम्बित परिचय त कुनै मुल्तवीवाला परिचय । उनको भूतपूर्व परिचय हो, पूर्वउपप्रधान तथा गृहमन्त्री । निलम्बित परिचय हो, चितवन २ का निलम्बित सांसद । उनका दुई परिचय मुल्तबीमा छन्, रास्वपाको सभापति तथा संसदीय दलको नेता । यसो त उनको भूतपूर्व परिचयमा अमेरिकी नागरिक पनि गन्नुपर्ने हुन्छ । यो परिचयलाई वर्तमान बनाउँदा उनले अर्को एउटा परिचय पनि भूतपूर्व बनाएका थिए, भूतपूर्व नेपाली नागरिक ।
    रविका लागि कुन परिचय कतिबेला वर्तमान हुन्छ र कतिबेला भूतपूर्व हुन्छ, त्यो अनुमान बाहिर हुन्छ । चरम महत्वाकांक्षा र स्वार्थले निर्धारित परिचयहरूको दिशा र दशा यस्तै हो । उनका व्यक्तिगत र पारिवारिक सम्बन्धहरू पनि लगभग यस्तै छन् । पछिल्लो दसैँमा त उनी टीका थाप्न न घर गए, न ससुराली । उनको मात्र हैन, उनले आफ्ना तीन सन्तानहरूको हालत पनि लगभग उस्तै बनाइदिए । रविसँग विगतको ठूलो ब्यागेज छ । त्यसमा अनेकौँ विवादास्पद आइटम छन् । उनलाई लागेको थियो, ती सबै बिसाएर उनी राजनीतिमा पाइतो सरे । तर, त्यस्तो हुँदैन । सार्वजनिक जीवनमा जानेहरूको ब्यक्तिगत ब्यागेज खासै बिसाउन मिल्दैन । अहिले उनी त्यस्तै बिसाउन नमिल्ने सहकारी ब्यागेजका कारण थुनुवा बन्न पुगेका हुन् । अर्को यस्तै दोहोरा राहदानीको ब्यागेज छ, रामशाहपथको रातो घरमा बिसाइएको त्यो ब्यागेज कुनै पनि बेला रविको घाँटीमाथि तरबार भएर खस्न सक्छ ।
    रवि अत्यन्तै चलाख छन् । कसरी आफ्नो काम फत्ते गर्न सकिन्छ, त्यो कलामा उनलाई कसैले जित्दैन । उनका सबै सम्बन्धहरू स्वार्थका लागि हुन्छन् । जब स्वार्थ पूरा हुन्छ, ती सम्बन्ध पनि उनका लागि कण्डोम जस्तै हुन्, युज एण्ड थ्रो । रविको त्यस्तै एउटै सम्बन्ध हो, जीवी राईसँगको सम्बन्ध । हो, जीवीको पृष्ठभूमी खराब छ, उनले अनेकौँलाई मुर्गा बनाएर अकूत सम्पत्ति कमाएका थिए । तर, ग्यालेक्सी टीभीमा आइपुग्दा उनी आफैँ रवि लामिछानेको फेला परे र अर्बौँको मुर्गा बने । रविलाई लागेको थियो, उनी जीवीलाई मुर्गा बनाएर सजिलै उम्किन सक्छन् । तर, त्यस्तो भएन । कारण, जीवी आफैंमा एक नटवरलाल थिए । उनलाई थाहा थियो, कागजलाई कसरी बोल्ने बनाएर दशी–प्रमाण छोड्न सकिन्छ । त्यसैले, कण्डोम बनाएर फालिएका जीवीले ग्यालेक्सीमा परेको विर्य देखाएर अन्ततः रविलाई थुनुवा बनाइ दिए ।
    जब सत्य तथ्य हुन्छ, कसैको दैया चल्दैन । अहिले रविको सहकारी सत्य पनि तथ्यमा बदलिएको अवस्था हो । त्यसो नहुँदो हो त, एकमना संसद् नभएको यो सङ्क्रमणको बेला देशको चौथो ठूलो दलको सभापतिको यस्तो हरिबिजोग हुनै सक्दैनथ्यो । त्यसमाथि पनि रविसँग त कनिकालाई चामल भनेर बिकाउने वाककला छ । रविका लागि कारागार प्रिय हुने कुरै भएन । उनले बाहिर निस्कन के गर्छन् भन्दा पनि के गर्दैनन् भनेर थेसिसमा हैन, एन्टी थेसिसमै सोच्नुपर्ने स्थिति छ । यसैपनि खालि दिमाख सैतानको घर भनिन्छ । त्यसमाथि पनि रविको त घर हैन, बंगला नै हुन्छ । कारागारमा केही काम नहुँदा उनको दिमाखमा के के मात्र नखेलेको होला र ?
    यही क्रममा उनले केही दिन अघि मात्र आफूलाई निर्दोष साबित गर्न हस्ताक्षर र सहयोगका लागि चन्दा संकलन सुरु गराए । उनको दाबी थियो कि उनीमाथि पूर्वाग्रह भयो । उनी हस्ताक्षरको बलमा बाहिर निस्कन चाहन्थे । हस्ताक्षर पनि गतिलै जम्मा भयो, ३२ लाखभन्दा बढी । पैसा पनि मनग्गै भेला पारे, ५६ लाखभन्दा धेरै । यसबाट उनी के पनि प्रमाणित गर्न चाहन्थे भने उनी सहकारी ठग हैनन्, एक राजबन्दी हुन् । सरकारले उनलाई पूर्वाग्रह राखेर थुनायो । तर, उनले के चाहिँ हेक्का राखेनन् भने उनी अदालतको निर्णयअनुसार थुनिएका हुन् । पूर्वाग्रहको कुरा गर्नु अदालतको मानहानीको विषय हो र यसबाट अदालत चिढिन सक्छ । रविले यो कुरा नबुझेको होलान् भन्न सकिन्न तर उनी को पूर्वाग्रही भएको भन्ने कुरा पेटबोलीमा राखेर आफूमाथि पूर्वाग्रह नै भएको भन्ने भाष्य बनाउन चाहन्थे । यसमा उनलाई मनग्गै सफलता पनि मिल्यो । उनको पक्षमा सर्वसाधारणले मात्र हैन, समाजका विभिन्न क्षेत्रका सेलिब्रेटीहरूले समेत हस्ताक्षर गरे । यसको अर्थ उनीहरूले पनि अदालतको निर्णयविरूद्ध हस्ताक्षर गरे । तर, यो विषयमाथि त्यो कोणबाट बहस भएन । यसले रविलाई मात्र हैन, समाजका सेलिब्रेटीहरूलाई पनि राहत मिल्यो ।
    सामान्यतः अदालतले पुर्पक्षको लागि थुनामा पठाएको ठगीको अभियुक्तको पक्षमा न यस्तो अभियान चलाइन्छ, न सार्वजनिक व्यक्तित्वहरूले हस्ताक्षर नै गर्छन् । तर, नेपाल नै यस्तो अजब गजबको देश हो, जहाँ सबै हुन्छ । अझ हुनेभन्दा पनि नहुने धेरै हुन्छ । अझै पनि ठगी अभियुक्त रविको पक्षमा हस्ताक्षर र सहयोग संकलन जारी छ । कुनै पनि बेला यसमा हस्ताक्षर गर्नेहरूले अदालतको मानहानीको मुद्दा खेप्नुपर्ने पनि हुन सक्छ । रविलाई थाहा थियो, ‘यो अभियानबाट बढीमा भेटी जम्मा हुने हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑