आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

जेनजी’ प्रदर्शनमा हिंसा: मृत्यु हुनेको संख्या १७ पुग्यो, १०० भन्दा बढी घाइते


  • आक्रमण न्युज
  • २०८२ भाद्र २३, सोमबार मा प्रकाशित १ साल अघि
  • ३३० पाठक संख्या
  • काठमाडौं । काठमाडौंमा आज भएको ‘जेनजी’ प्रदर्शन हिंसात्मक मोड लिँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैजना काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत छन्।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको ट्रमा सेन्टरमा उपचाररत २५ घाइतेमध्ये थप ९ जनाको ज्यान गएपछि मृत्यु हुने संख्या बढेको हो। तीमध्ये पाँच जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।

    सिभिल अस्पतालले तीन जना घाइते प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ। सोही अस्पतालमा अझै केही घाइतेहरूको उपचार जारी छ।

    यस्तै, काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएका २० घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। अन्य घाइतेहरू उपचारत छन्।

    प्रदर्शनका क्रममा घाइते भएका अधिकांशलाई तत्कालै एम्बुलेन्समार्फत विभिन्न अस्पतालमा पु¥याइएको थियो। घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑