आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

आउँदो आर्थिक वर्षलाई  ‘कृषिमा लगानी दशक’ घोषणा


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५०९ पाठक संख्या
  • जेठ १ काठमाण्डौ , – सरकारले आर्थिक वर्ष २०८१र०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आउँदो आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८१र०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने उल्लेख छ ।

    राष्ट्रपतिले प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरूको पुनर्संरचना गरिनेसमेत बताउनुभयो । कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिने नीति पनि सरकारले लिएको छ ।

    उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८१र०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिनेछ । कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बाँझो तथा नदी उकास जग्गाको सदुपयोग एवम् चक्लाबन्दी गरिनेछ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट