आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

दिन दुखीको सेवा गर्दा अलौकिक आनन्द र ईश्वरको दर्शन हुन्छ।


  • आक्रमण न्युज
  • २०८२ आश्विन ८, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ५०९ पाठक संख्या
  • रमेश पौडेल
    भरतपुर,असोज।
    दिन दुखीको सेवा गर्दा अलौकिक आनन्द र ईश्वरको दर्शन हुन्छ।
    यो भनाइ प्रसिद्ध ज्योतिष,पण्डित,चर्चित गीतकार तथा समाज सेवि डा.रुद्रनाथ अधिकारीको हो।डा.अधिकारी लामो समय देखि स्वदेश तथा विदेशमा ज्योतिषिय,कर्मकाण्ड,ध्यान योग र तन्त्र क्षेत्रमा निकै प्रसिद्धि कमाएका एकजना ज्योतिष आचार्य हुन् र विभिन्न कार्यक्रमहरु गर्दै गराउदै आएकाछन। ऊनी यति मात्र नभई कुशल गीतकार र समाजसेवी,लेखक एवं विश्लेखक पनि पनि हुन्।उनका लेखहरुले भ्रष्ट राजनीति,कुशासन,समाजिक बेथिति विसंगतिहरुका विरुद्धमा यथार्थ परक तिखो प्रहार गरेको पाइन्छ।उनी कसैको पक्ष विपक्षमा भन्दा पनि सनातन र राष्ट्रियताको पक्षमा उभिएर कलम चलाएको पाइन्छ। धर्मशास्त्र,ज्योतिष,कर्मकाण्ड, साहित्य र लेखनमा निपुण उनी राजनीति एवं कुटनैतिमा पनि उत्तिकै पोख्त र अनुभवी देखिन्छन्।
    डा. अधिकारी असाध्य कोमल हृदय र सहयोगी भावनाका धनी छ्न।विभिन्न मठ,मन्दिर,धार्मिक तथा परोपकारी संघसंस्था,गौशाला,अनाथ आश्रम एवं दिनदुखिको सेवामा निरन्तर लागिरन्छन। गरेको सेवा र दिएको दान केवल लिनेले व्यक्ति र ईश्वर ले देखुन,अरुले देख्न र लोकलाई देखाउन आवस्यक हुदैन भन्ने मान्यता राख्दछन।चन्द्रागिरी-९,मच्छेगाउँ स्थित उनको निवास र आश्रमा समयसमयमा स्वदेश तथा विदेशमा रहने उनका यजमान,भक्त र अनुयायीहरुको कल्याणको लागी विभिन्न यज्ञ,अनुष्ठान,साधना र हवनआदि कर्म गराउदै आएकाछन।उक्त कार्य बाट प्राप्त दक्षिणा एवं अन्नले समेत दिनदुखी र अनाथ,असहायहरुको सेवामा लगाउदै आएकाछन।

    यही मिति २०८२ असोज ४ गतेकादिन पनि डा.अधिकारी र उनकी धर्मपत्नी श्रीमती लक्ष्मी अधिकारीले पूर्वी चितवनको विकट पहाडी क्षेत्र ,इच्छाकामना गा.पा.-२,तेर्से,मायाटारमा आउदैगरेको नेपालीहरुको महान चाड दशैको मुखमा ती अति विपन्न निमुखा चेपाङको घरमा पनि कमसेकम खानको लागि चामल,चिउरा र लगाउनको लागि नयाँ,न्यानो कपडा,ओढ्नको लागि कम्बल होस भन्ने पवित्र एवं सहयोगी हात लिई पुगेर करिव २०० जनालाई खाद्यान्न,कपडा र आवस्यक सामाग्री वितरण गरेकाछन्।यस पवित्र कार्यमा पूर्वी चितवन रोटरी क्लब तथा क्लबका अध्यक्ष श्री गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष तथा स्थानीय समाजसेवी श्री राम मणि न्यौपाने,पूर्व अध्यक्ष श्री परमात सेढाई सहित अन्य सदस्यहरुको उल्लेख्य सहभागिता तथा सहयोगमा सम्पन्न भएको थियो। उक्त कार्यक्रम संचालिकाको भूमिका विन्दु सिंजाली थापा मगर निर्वाह गरेकिथिन।आगामी दिनहरुमा पनि उहाँहरुको साथ सहयोगको अपेक्षा गर्दै सहकार्य जारिराख्ने प्रतिबद्धता गरेकाछन।

    डा.अधिकारी भन्छन्,मैले चितवन जिल्ला जस्तो विकसित र शिक्षित जिल्लामा पनि यति धेरै विकट ठाउँ छ र यस्तो चरम गरिबी,अशिक्षा अनि भोकमरी होला भन्ने सोचेको थिइन र यो मेरो कल्पना भन्दा बाहिर थियो।जहाँको भौगोलिक विकटताका,न्युनतम आधारभूत आवस्यकताहरु जस्तै स्वास्थ,शिक्षा,गाँस,बास र कपासको अभावका साथसाथै चेतनाको स्तर समेत आजको २१औं शताब्दीमा यस्तो शुन्य अवस्था देख्दा साच्चै भन्नुपर्दा मेरो मुटु,धड्कन र मस्तिष्कनै एकपटक ठप्प भएर रोकिएको अनुभव भएको थियो।

    त्यसठाउँको लागि म पनि नयाँ थिएँ र मेरो अनुभव पनि नयाँनै थियो।तर पहिलो पटक यश ठाउँमा हामी दम्पतीलाई पाइला राखी यो अवसर र अनुभव दुवै प्रदान गर्न प्रेरणा,साथ,सहयोग सबैको श्रेय मेरा प्रिय भाइ,समाजसेवी एवं सबैका सहारा,श्री राम मणि न्यौपाने ज्यू लाई दिदै मनदेखी आभार व्यक्त गर्दछु। यश कार्यमा स्थानीय आमा समूह,सुरक्षा निकाय,समाजसेवी तथा २ नं का वाडा सदस्य एक बहादुर गुरुंग तथा टोल सुधार समितिका अध्यक्ष सुक बहादुर गुरुंगको समेत सहयोग र सहभागितामा सम्पन्न भएको थियो।

    डा.अधिकारी भन्छन्,यसपटकको ठाउँको राहत कार्यक्रम र यश बाट प्राप्त अनुभवले मलाई यश क्षेत्रमा अझै अनगिन्ती धेरै कार्यहरू आगामी दिनहरुमा मैले,हामिले अनि सबैले गर्न बाँकी रहेछ।आगामी दिनहरुमा यो विकट क्षेत्रका यी विपन्न जनताको लागि मन,वचन र कर्म अनि निस्वार्थ भावले लाग्नेछु र मेरा शुभचिन्तक,उदार हृदयका धनी भक्तहरुलाई समेत आफ्नो ठाउँबाट सहयोगको लागि अनुरोध समेत गर्नेछु।

    साच्चै यस्तै डा.अधिकारीका जस्तै पवित्र र अनुकरणीय कार्यमा सबैले हात र साथ दिनेहो भने,दिन दुखी गरिब,असहायहरुको सहयोगमा आआफ्ना ठाउँ बाट जुट्नेहो भने समाजमा कसैले भोकै,नाङ्गै बस्न र उपचार नपाएर मर्नुपनी पर्दैन थियो होला र एकाअर्कालाई सहयोगको भावना पनि मौलाउदै जानेथियो र एउटा नेपालीले अर्को नेपालीलाई हेर्ने दृष्टिकोण पनि बदलिँदोहो अनि आपसी भेदभाव घृणा पनि समाज बाट बिस्तारै समाप्त हुनेथियो भन्ने लाग्दछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट