आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

रोटरी क्लब अफ डिल्लिबजारद्वारा गर्ल्स टाॅइलेट हस्तान्तरण कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ मंसिर १५, सोमबार मा प्रकाशित ४ महिना अघि
  • ३१० पाठक संख्या
  • झापा । रोटरी क्लब अफ डिल्लिबजारले झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा निर्माण गरेको गर्ल्स टाॅइलेट औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरेको छ। उक्त निर्माणमा रोटरी अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२९२ को पनि आर्थिक सहयोग रहेको थियो।
    मंसिर १५ गते, सोमबार आयोजित कार्यक्रममा रोटरी क्लब अफ डिल्लिबजारका रोटेरियन भक्तीप्रसाद पाठक तथा उनकी स्पाउस नर्बदा खरेल विशेष अतिथि रहनुभएको थियो। उक्त समारोह विद्यालयका अध्यक्ष, स्थानीय समाजसेवी, शिक्षक तथा विद्यालय परिवारको उपस्थिति बीच सम्पन्न भएको थियो।
    कार्यक्रमका प्रमुख अतिथि भक्तीप्रसाद पाठकले रोटरीको तर्फबाट विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूका लागि ‘बेल पेपर’ पनि हस्तान्तरण गर्नुभयो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण पाण्डेले रोटरीको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयको आवश्यकतामा टेवा पुगेको उल्लेख गर्नुभयो।
    रोटरी क्लब अफ डिल्लिबजारले सामुदायिक विकासका क्षेत्रहरूमा निरन्तर सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट