आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

२२ वर्षको उत्कृष्ट सेवा सहित हिमाल डेण्टलको निःशुल्क दन्त परीक्षण अभियान


  • आक्रमण न्युज
  • २०८२ मंसिर २९, सोमबार मा प्रकाशित ८ महिना अघि
  • १११ पाठक संख्या
  • भरतपुर । चितवनको विश्वासिलो दन्त उपचार केन्द्रका रूपमा स्थापित चितवन हिमाल डेण्टलले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसर पारेर आम नागरिकको मौखिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित निःशुल्क दन्त परीक्षण तथा परामर्श सेवा सुरु गरेको छ।

    हिमाल डेण्टलले पुस १ गते (मंगलबार)देखि १५ गतेसम्म आफ्ना शहिदचोक तथा भरतपुर शाखाबाट निःशुल्क दन्त परीक्षण र परामर्श सेवा प्रदान गर्ने जनाएको छ। वार्षिकोत्सवको अवसरलाई थप जनमैत्री बनाउँदै संस्थाले सबै प्रकारका दन्त उपचार सेवामा ३० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ।

    हिमाल डेण्टलकी सञ्चालक रञ्जिता जोशीले वार्षिकोत्सव केवल उत्सव मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसर भएको उल्लेख गर्दै, “बढ्दो बिरामीको चापलाई मध्यनजर गर्दै आवश्यकता अनुसार अनुभवी चिकित्सकको व्यवस्था मिलाइएको छ,भन्नुभयो ।

    विगत दुई दशकभन्दा बढी समयदेखि गुणस्तरीय, भरोसायोग्य र आधुनिक दन्त उपचार सेवा प्रदान गर्दै आएको हिमाल डेण्टलको यो पहलले सर्वसाधारणलाई समयमै दाँत तथा मुखसम्बन्धी समस्या पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट