
काठमाडौं । Rotary Club of Dillibazarले प्रणय दिवस (प्रेम दिवस) को अवसर पारेर भव्य साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। क्लबका अध्यक्ष प्रेम ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम साहित्य, संगीत र हास्यव्यंग्यले भरिपूर्ण बनेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कलाकार, गायक तथा Sisnu Pani Nepal का उपाध्यक्ष धीरेन्द्र प्रेमर्षि रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा चर्चित हास्यव्यंग्य व्यक्तित्व Laxman Gamnage को उपस्थिति रहेको थियो।
त्यसैगरी विशेष अतिथिहरूमा Mega Bank Nepal का पूर्व अध्यक्ष भोजबहादुर शाह, क्लबका निवर्तमान अध्यक्ष सागर निधि तिवारी, South West State College का निर्देशक टिकाराम महरा तथा Gorkhapatra का पूर्व डिप्यूटी जिएम यम प्रसाद कडेल रहनुभएको थियो।
कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाहरूले हास्यव्यंग्य कविता, गीत, गजल तथा मुक्तक प्रस्तुत गर्दै सभाहललाई पूर्ण रूपमा साहित्यिक माहोलमा रंग्याएका थिए। प्रमुख अतिथि धीरेन्द्र प्रेमर्षि, विशिष्ट अतिथि लक्ष्मण गाम्नागे तथा विशेष अतिथिहरू सागर निधि तिवारी, भोजबहादुर शाह, टिकाराम महरा, प्रेम वली ढकालपुरे लगायत पुण्य आचार्य, गोपाल नेपाल, सम्झना पोखरेल, उदय दास, सीता बिष्ट, सुशीला शर्मा धमला, चन्द्रा न्यौपाने, सन्ध्याराज भण्डारी, रविन्द्र नेपाल, थरेन्द्र बराल, बलराम सापकोटा, बैजुनाथ रौनियार, राजेन्द्र केसी, ऋषमदेव घिमिरे, द्वारिका कुइेल, देवेन्द्र केसी, राधा कार्की, ललिता दोसी, पवन पन्त, प्रीति कौर, सरिता महर्जन, लक्ष्मी बुढा लगायतका स्रष्टाहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भमा क्लबका सचिव सन्ध्याराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश तिम्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। हास्यव्यंग्य कवि तथा कलाकार चक्र दवाडीले कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक ढंगले सञ्चालन गर्नुभएको थियो, जसले उपस्थित दर्शकलाई निरन्तर हाँसो र तालिले गुन्जायमान बनाएको थियो।
साहित्य, प्रेम र मानवीय सम्बन्धका विविध आयामलाई समेटिएको उक्त कार्यक्रम अत्यन्तै रोचक, घोचक तथा मनोरञ्जनपूर्ण बनेको आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्ण स्रष्टाहरूलाई क्लबका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस