आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

रोटरी क्लबद्वारा तीन दिने आइसिटी (ICT) तालिम कार्यक्रम सम्पन्न:


  • आक्रमण न्युज
  • २०८२ फागुन १०, आईतबार मा प्रकाशित १ महिना अघि
  • ११५ पाठक संख्या
  •  

    काठमाण्डौं । रोटरी क्लब अफ डिल्लिबजार- काठमाडाैं र रोटरी क्लब अफ काठमाडौं को संयुक्त आयोजनामा तथा रोटरी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२९२ को “आधारभूत शिक्षा तथा साक्षरता” विभागको सहयोगमा तीन दिने Information and Communication Technology. (ICT) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
    मङ्गलोदय मावि, थानकोटमा आयोजित उक्त तालिम कार्यक्रममा चन्द्रागिरि क्षेत्रका विभिन्न सामुदायिक विद्यालयबाट एक–एक जना शिक्षक सहभागी भई कुल २२ जना शिक्षकलाई प्रशिक्षण प्रदान गरिएको थियो। तालिम फागुन ६, ७ र ८ गते सञ्चालन गरिएको थियो।

    कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा रोटरी क्लब अफ डिल्लिबजार- काठमाडाैंका पास्ट प्रेसिडेन्ट राे. प्राे. डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो भने समापन समारोहका प्रमुख अतिथि चन्द्रागिरि नगर पालिकाका मेयर श्री घनश्याम गिरी रहनु भएको थियो। दुवै कार्यक्रमको सभापतित्व रोटरी क्लब अफ डिल्लिबजार- काठमाडाैंका अध्यक्ष राे. प्रेमकुमार ओलीले गर्नुभएको थियो।

    कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ डिल्लिबजार – काठमाडाैंका पास्ट प्रेसिडेन्ट राे. लीलानाथ शर्माले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रममा रोटरी क्लब अफ डिल्लिबजार – काठमाडाैंका उपाध्यक्ष राे. दीप्ती सिंह, सचिव राे. सन्ध्या राजभण्डारी तथा रोटरी क्लब अफ काठमाडौंका पास्ट प्रेसिडेन्ट राे. तिर्थराज दाहाल, प्रेसिडेन्ट इलेक्ट राे. प्राे. डा. पुष्पराज शर्मा, प्रेसिडेन्ट नोमिनी राे. केशव ज्ञावाली तथा उपाध्यक्ष राे. प्रन्जुन खड्का र रोटरियन श्रीकृष्ण दाहाल, मङ्गलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कबिन्द्र गोपाली लगायतको उपस्थिति रहेको थियो।

    तालिम कार्यक्रम रोटरियन हरि आचार्यद्वारा सञ्चालन गरिएको थियो। सहभागी शिक्षकहरूले तालिमबाट प्रश्नपत्र निर्माण, परीक्षा मूल्यांकन तथा नतिजा तयारीसम्बन्धी व्यावहारिक सीप हासिल गरेकोमा खुशी व्यक्त गरेका थिए साथै भविष्यमा यस्ता उपयोगी तालिमहरू निरन्तर सञ्चालन गर्न आग्रह समेत गरेका थिए।
    समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख श्री घनश्याम गिरीले चन्द्रागिरी नगरपालिकाका सबै सामुदायिक विद्यालयमा डिजिटल कक्षा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। कार्यक्रमका सभापति प्रेमकुमार ओलीले सहभागी शिक्षकहरूलाई सिकेका ज्ञान तथा सीपलाई अन्य सहकर्मीहरूमा समेत विस्तार गर्न आग्रह गर्दै “ज्ञान बाँड्दा अझ वृद्धि हुन्छ” भन्ने कुरामा जोड दिनुभयो।

    कार्यक्रममा विभिन्न वक्ताहरूले आ–आफ्नो मन्तव्य राखेका थिए भने समापन समारोहमा सहभागी शिक्षकहरूलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट