Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् मतदान


  • आक्रमण न्युज
  • २०८२ फागुन २१, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • १६७ पाठक संख्या
  • काठमाडौं । सुशीला कार्कीले संघीय निर्वाचन अन्तर्गत आज आफ्नो मताधिकार प्रयोग गरेकी छन्।

    प्रधानमन्त्री कार्कीले धापासीस्थित धापासी निमावि मतदान केन्द्र (फैमालचुली केन्द्र) पुगेर मतदान गरेकी हुन्।

    मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आजको दिन आफ्ना लागि अत्यन्तै खुसीको दिन भएको बताइन्। लोकतान्त्रिक प्रणालीमा नागरिकले मताधिकार प्रयोग गर्ने अवसरलाई महत्वपूर्ण मान्दै उनले सबै मतदातालाई सक्रिय सहभागिताका लागि आग्रह समेत गरिन्।

    देशभर आज प्रतिनिधिसभातर्फका १६५ निर्वाचन क्षेत्रका लागि मतदान भइरहेको छ भने समानुपातिक प्रणाली अन्तर्गतका ११० सिटका लागि पनि मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

    निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑