Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

कालिदाशको ‘क’ र ‘ओलि’


  • आक्रमण न्युज
  • २०८२ चैत्र १६, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ३३७ पाठक संख्या
  • अतिले खती निम्त्याउँछ भन्छन्, नभन्दै केपी शर्मा ओलीको दम्भले एमालेभित्र खती नै खती निम्त्याइरहेको छ । ‘तै पनि ओली बाले ठिक गरे’ भन्दै सामाजिक सञ्जालमा चाकरी गर्नेहरूको सङ्ख्या एमालेमा कमी छैन ।

    हुँदाहुँदा संसद् विघटन पनि ठिक, पार्टी विभाजन पनि ठिक भन्नेहरूको जमात पार्टीभित्र निर्णायक शक्ति भएपछि त्यो पार्टी अवसानको डिलमा नपुगेर कहाँ पुग्छ ? पार्टी भनेको विचारले चल्ने संगठन हो । जहाँ विचार शून्य हुन्छ, त्यहाँ भिडले पार्टी सञ्चालन गर्छ । अहिले एमालेको अवस्था भनेको विचार शून्य भिडको जमात हो । जहाँ विचार प्रधान होइन, व्यक्ति प्रधान हुन्छ, त्यहीबाट सुरु हुन्छ कम्युनिष्ट पार्टीको ओरालो यात्रा ।

    ओलीको दम्भकै कारण दुईतिहाइको सरकार तासको घरजस्तै गल्र्यामगुर्लुम ढल्यो । संविधान विपरीत दुई–दुईपटक संसद् विघटन गरेर आफ्नै विनाश निम्त्याए । माधवकुमार नेपालले विद्रोह गरेर नयाँ पार्टी खोले । ओलीका दम्भका सामु झलनाथ खनाल, वामदेव गौतमहरूजस्ता कम्युनिष्टका हस्तीहरू टिक्न सकेनन् । दोस्रो पुस्ताका आशालाग्दा नेताहरू घनश्याम भुसाल, भीम रावलहरूले रुँदै पार्टी छाड्नुपर्ने अवस्था खडा गरियो ।

    एकतामा बल हुन्छ भन्ने कुरा बुझ्दाबुझ्दै पनि ओलीले रुखको हाँगामा बसेर फेद काट्ने काम गरिरहेका छन् । कालिदासको यो कर्मलाई एमालेभित्रका दासहरूले समर्थन जनाइरहेका छन् । विद्या भण्डारीजत्तिको नेता पनि एमालेभित्र अटाउन सकेनन् । उनको पार्टी सदस्यतासमेत नवीकरण गरिएन । राष्ट्रपतिबाट बिदा भएपछि एमालेको झण्डामुनि गोलबन्द हुन्छु भन्दा पनि विद्यालाई अपमानको घुँट पिउन बाध्य बनाइयो । विद्याले न्याय नपाउने पार्टीमा अन्य नेता, कार्यकर्ताहरू कसरी टिकिरहेका होलान्, तिनीहरूलाई विचरा भन्नेबाहेक अर्को शब्द छैन ।

    सबै वामपन्थी, देशभक्तहरूलाई एकजुट बनाएर देश निर्माण गर्छु भन्ने अठोट नै विद्याका लागि अभिशाप बन्यो । यसको मूल्य ढिलोचाँडो ओलीले चुकाउनुपर्ने छ । किनभने, सत्ता, शक्ति र पैसा अस्थिर वस्तु हुन् ।

    सबैले मिसन-८४ को सपना देखेका छन्, तर ओली त्यो मिसन ८४ माथि तातोपानी खन्याउने बाटो ढुक्दै छन् !ओलीको यो षडयन्त्र पत्याउन कांग्रेस तयार छैन । तर, कानुनका नौ सिङतिर कसैको ध्यान गएको छैन । ओलीराज नेपालको राजनीतिमा यो नै अन्तिम हो । जतिसुकै षडयन्त्र गरे पनि उनको अस्त्रले अब काम गर्लाजस्तो लाग्दैन ।

    राजनीतिमा एक पटक मुर्ख बनाउन सकिन्छ, सधैँ मूर्ख बनाउन सकिँदैन ,त्यसैले मिसन ८४सम्म देशको राजनीतिले कता कोल्टे फेर्छ, यसैभन्न सकिन्न । जननेता मदन भण्डारीले त्यसै भनेका होइनन् ‘कालीदाशको ‘क’ पढेर मार्क्सवाद बुझिँदैन ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑