आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

तातोपन आफैमा बोझ नबनोस


  • आक्रमण न्युज
  • २०८३ जेष्ठ ३, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • ६८ पाठक संख्या
  • नेपाली राजनीति को तातोपन कुनै वैचारिक बहसको परिणाम होइन, न कुनै स्पष्ट राष्ट्रिय एजेन्डाको घोषणा हो । यो तातोपन असन्तोष, आक्रोश र असफलताको परिणाम हो ! नेपाली राजनीतिमा देखिएको मूल समस्या यही हो, आक्रोशलाई समाधानको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति ।

    दलहरूप्रति वितृष्णा स्वाभाविक हो, विगतका गल्तीहरू निर्विवाद छन् । तर, असन्तोषको विकल्प खोज्ने क्रममा देशले अझ ठूलो जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनु खतरनाक संकेत हो । जनताको आक्रोश सही हो, तर आक्रोश आफैँमा नीति होइन, शासन प्रणाली होइन, राज्य सञ्चालनको दर्शन हो ! बालेन्द्र शाह को उदय यसै आक्रोशको परिणाम हो ।

    बालेन्द्र शाह व्यवस्थाको उपज होइनन्, व्यवस्थाप्रतिको असन्तोषका प्रतिनिधि हुन् । यही कारण उनि लोकप्रिय छन् ,यही कारण उनि जोखिमपूर्ण पनि छन् । आक्रोशको गर्भबाट जन्मिएको राजनीति जब संस्थागत दिशाविहीन हुन्छ, तब त्यो राष्ट्रका लागि बोझ बन्छ भन्ने तथ्य इतिहासले बारम्बार देखाएको छ । बालेन्द्र साहको सन्दर्भ झनै गज्जवको छ । महानगरपालिकामा उनले देखाएको सक्रियता, कार्यशैली र भ्रष्टाचार विरोधी अडानले स्थानीय तहमा नयाँ ऊर्जा दिएको छ । महानगरपालिकामा प्रशासनिक कठोरता देखाउनु सजिलो हुन्छ, किनकि त्यहाँ निर्णयको दायरा सीमित हुन्छ । तर, देश जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक विविधताले भरिएको बहु आयामिक संरचना हो । नेपाल दुई ठूला शक्ति भारत र चीनको बीचमा अवस्थित छ ।

    हाम्रो अर्थतन्त्र कमजोर छ, उत्पादन आधार संकूचित छ र राज्य संस्थाहरू अझै सुदृढ भइसकेका छैनन् । यस्तो अवस्थामा बालेन सत्तामा पुग्नु भनेको राष्ट्रिय निर्णय क्षमतालाई उजागर पार्नु हो । बालेन्द्र शाहको सम्भावित उदयले यही कुरा जन्माएको छ । बालेन को उदय कुनै सत्ता–लोभ का लागि होइन, यो राष्ट्रको दीर्घकालीन स्थायित्वप्रतिको प्रश्न हो । अधिनायकवाद सधैँ बन्दुक बोकेर आउँदैन, कहिलेकाहीँ ताली र नाराको आडमा पनि आउँछ । जब जनता संस्थाभन्दा व्यक्तिमा भरोसा गर्न थाल्छन्, तब लोकतन्त्र मजबुत हुन्छ !

    अलग-अलग राजनीतिक यात्राबाट आएका भए पनि कम्युनिस्ट आन्दोलनको साझा आधार स्पष्ट छ– राज्यको सक्रिय भूमिका, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र सामूहिक हित । तर, विगतका वर्षहरूमा यी शक्तिहरू नेतृत्वको अहंकार, गुटबन्दी र सत्ताको मोहमा फसे ।

    परिणामस्वरूप, जनतामा निराशा बढ्यो र विकल्पको नाममा दिसाहीन राजनीति उब्जियो । देशलाई भावनात्मक प्रयोगशाला बन्नबाट जोगाउनका लागि हो । साझा न्यूनतम कार्यक्रम, स्पष्ट वैचारिक दिशा र अनुभवी नेतृत्वको संयोजनबिना मुलुक सुरक्षित रहन सक्दैन ! बालेन्द्र शाहको उदय लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । बालेन्द्र शाहको शक्तिले आउदा दिनमा संस्थागत परिपक्वता, वैचारिक स्पष्टता र राष्ट्रिय जिम्मेवारी देखाउनुपर्छ ,नत्र, त्यो तातोपन आफैँमा बोझ बन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट