आज: २०८३ अषाढ १८, बिहिबार | Thu, 02, Jul, 2026

आरम्भ कलेज BHM र BITM मा पुनः जिल्ला टपर


  • आक्रमण न्युज
  • २०८३ अषाढ १४, आईतबार मा प्रकाशित ३ दिन अघि
  • ४ पाठक संख्या
  • चितवनको भरतपुर ११ स्थित आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै जिल्लामै आफ्नो अलग पहिचान स्थापित गरेको छ । त्रिभुवन विश्वविद्यालय (TU) बाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले BHM तथा BITM चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट SGPA ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।

    BHM चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले  ३.८८  SGPA सहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी नेबिका मैनालीले  ३.८३  SGPA ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ बामजान तामाङले  ३.८०  SGPA सहित जिल्ला तेस्रो स्थान हासिल गरेका छन् ।

    यस्तै BITM चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले  ३.८३  SGPA सहित जिल्ला प्रथम बन्न सफल भएकी छन् भने अङ्गिता अधिकारीले  ३.८१  SGPA सहित दोस्रो र बिपल श्रेष्ठले  ३.७४  SGPA सहित जिल्ला तेस्रो स्थान प्राप्त गरेका छन् ।

    कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ । अनुभवी शिक्षक,व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको कलेजका प्रीन्सिपल सुरज शिवाकोटीले जानकारी दिनुभयो ।

    भरतपुरस्थित कलेजले होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । विद्यार्थीहरूको पछिल्लो उपलब्धिले कलेजको शैक्षिक गुणस्तर थप पुष्टि गरेको सरोकारवालाहरूको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट